सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै « Khabarhub

सिमठाना र सिमठानीमा खानेपानी विस्तार गरिँदै


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– लुम्बिनी प्रदेश सरकारको लगानीमा दाङको दङ्गीशरण गाउँपालिका–७ स्थित सिमठाना र सिमठानी गाउँमा खानेपानीको काम अघि बढेको छ । खानेपानीको समस्या भोग्दै आएका यहाँका करिब तीन सय घरधुरीका लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत खानेपानी विस्तारको काम अघि बढेको हो ।

यसअघि कुवाको पानीको भरमा यहाँका बासिन्दाको दैनिकी चलिरहेकोमा कुवा पनि सुकेपछि थप समस्या भएको थियो । कुवा सुकेपछि जरुवाको अशुद्ध पानीको भरमा दैनिकी चलाएका यहाँका स्थानीय शुद्ध पानी पाउने भएपछि खुसी भएका छन् ।

कार्यालयका इञ्जिनियर वसन्तकुमार दुलालका अनुसार खानेपानीका लागि बोरिङ तयार भइसकेको छ । ‘एकसय २२ मिटर गहिरो खनेर बोरिङ तयार पारेका छौँ’, उनले भने, ‘अहिले तयार पारिएको बोरिङबाट २० लिटरप्रति सेकेन्ड पानी फालिरहेको छ ।’ योसँगै अब ओभरहेड ट्याङ्की निर्माणको कामलाई अगाडि बढाउन थालिएको उनको भनाइ थियो ।

ओभरहेड ट्याङ्की निर्माण भएमा यहाँका प्रत्येक घरमा खानेपानी पुर्‍याउन सकिने दुलाले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले अहिले काम भइरहेको उनको भनाइ थियो । 

थप बजेट आवश्यक परेमा व्यवस्थापन गरेर घरघरमा खानेपानी पुर्‍याइने प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । ‘एक घर, एक धारा’ भन्ने प्रदेश सरकारको नारा नै भएकाले आफूहरुले खानेपानी नपुगेको ठाउँमा खानेपानी पुर्‍याउने गरी काम अघि बढाइरहेको उनको भनाइ थियो । ‘खानेपानी पुर्‍याउने सरकारको दायित्व हो’, मन्त्री मास्कीले भने, ‘सिमठाना र सीमठानी गाउँमा छिट्टै खानेपानी पुर्‍याउने गरी काम भइरहेको छ ।’

विद्युत् र पम्प हाउस जडान गरेमा छिट्टै यहाँका बासिन्दाले खानेपानी पाउने गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताए। पहिलो चरणमा घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यले खानेपानीका लागि आवश्यक संरचना निर्माण अघि बढाइएको उनले बताए।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ४ : ५६ बजे

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब