मुजिबुर रहमानका हत्यारालाई क्यानाडाबाट निर्वासन गर्न हसिना सरकारले अपिल गर्ने | Khabarhub Khabarhub

मुजिबुर रहमानका हत्यारालाई क्यानाडाबाट निर्वासन गर्न हसिना सरकारले अपिल गर्ने


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– बङ्गलादेशका राष्ट्रपिता ‘बङ्गबन्धु’ शेख मुजिबुर रहमानका दोषी हत्यारा नुर चौधरी क्यानाडामा स्वतन्त्ररूपमा बसेको नयाँ वृत्तचित्रमा सार्वजनिक भएपछि बङ्गलादेशले क्यानाडासँग उनको निर्वासनका लागि नयाँ सिराबाट अपिल गर्ने भएको छ । 

हमानका अनुसार नुर चौधरी करिब २८ वर्षअघि सन् १९९६ मा क्यानाडा गएका थिए र जघन्य अपराधमा दोषी हत्यारा भए पनि स्वतन्त्ररूपमा बस्दै आएका छन् । बङ्गलादेश सरकारले उनलाई निर्वासन गर्नका लागि विभिन्न उपाय खोजिरहेको छ । रहमानले मानवअधिकारको नाममा ‘दोहोरो मापदण्ड’ का लागि क्यानाडा र अन्य विकसित मुलुकहरूमाथि प्रश्न गरेका छन् ।

उच्चायुक्त रहमानले नुर चौधरीलाई निर्वासनका लागि क्यानाडा सरकारसमक्ष नयाँ अपिल गर्ने तयारी गरिरहेको जानकारी दिए। रहमानका अनुसार नुर चौधरीका साथै अन्य धेरै दोषी अपराधी पनि क्यानाडामा स्वतन्त्ररूपमा बस्दै आएका छन् । यद्यपि ढाकाले यो विशेष मामिलालाई उच्च प्राथमिकता दिनेछ ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ५ : ११ बजे

इजरालयद्वारा ‘प्यालेस्टिनी पेले’को हत्या, मोहम्मद सालाहले उठाए युईएफएमाथि गम्भीर प्रश्न

काठमाडौं- लिभरपुलका स्टार फुटबलर मोहम्मद सालाहले ‘प्यालेस्टिनी पेले’ का रुपमा

बङ्गलादेशले फेब्रुअरी चुनावका लागि ४० हजार बडी क्याम किन्ने

ढाका– बङ्गलादेशको अन्तरिम सरकारले फेब्रुअरीमा हुने आगामी आम निर्वाचनको समयमा

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक

शिक्षा विधेयकमा निजी विद्यालयको विरोध, माग पुरा नभए आन्दोलनमा उत्रिने 

काठमाडौं– सरकारले ल्याउन लागेको नयाँ शिक्षा विधेयकमाथि निजी विद्यालयहरूले असन्तुष्टि

ग्रे लिस्ट सन्दर्भ देखाउँदै सरकारले माग्यो सहकारीहरूको विवरण

काठमाडौं– सरकारले फाइनान्सियल टास्क फोर्स (एफएटीएफ) र एसिया/प्यासिफिक ग्रुप अन