स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक : मन्त्री बस्नेत « Khabarhub

स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक : मन्त्री बस्नेत


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोप्रति सचेत बन्नुपर्ने धारणा राखेका छन्। स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको उनको भनाइ छ । 

मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षाका अवसरमा उनले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरूलाई सचेत रहन निर्देशन दिएका छन्  । 

मन्त्री बस्नेतले जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताए । यस्तै, मन्त्री बस्नेतले जनशक्तिको दरबन्दी थप्ने प्रक्रियाको तयारी भइरहेको समेत जानकारी दिए। 

यस्तै, यसवर्ष विश्व स्वास्थ्य दिवसका अवसरमा मन्त्रालयले स्वास्थ्य क्षेत्रका सबै व्यक्ति, संस्था र निकायको सहभागितामा राष्ट्रियस्तरको कार्यक्रम गर्ने पनि मन्त्री बस्नेतले जानकारी दिए। उनले मन्त्रालयको कामको समीक्षा, आगामी कार्यक्रमको उद्देश्य र समस्याका विषयमा छलफल गर्ने तयारी गरेको बताए।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ५ : १८ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति