दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतंकवादी मारिए | Khabarhub Khabarhub

दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतंकवादी मारिए


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार चार जना आतंककारीहरू मारिएका छन् ।  प्रहरीको आतंकवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतंककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सो घटना तुर्बत जिल्लामा भएको थियो । प्रहरीले एउटा कम्पाउन्डमा आतंककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो ।  

प्रहरीले छापा मार्दा आतंककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जबाफी कारबाहीमा उनीहरू मारिएका हुन् । 

मारिएका आतंककारीबाट हतियार र गोलबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । आतंककारीहरू सो प्रान्तमा आतंकवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ५ : ३८ बजे

इजरायली आक्रमणमा मारिए सहासी पत्रकार अनस अल-शरीफ, अन्य पाँचको पनि हत्या

गाजा- आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको

आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २६ गते सोमबार। भाद्र

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा