दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतंकवादी मारिए « Khabarhub

दक्षिण पश्चिम पाकिस्तानमा ४ जना आतंकवादी मारिए


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा बिहीबार चार जना आतंककारीहरू मारिएका छन् ।  प्रहरीको आतंकवाद विरोधी विभागले गरेको कारबाहीमा चार आतंककारी मारिएको प्रहरीको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

सो घटना तुर्बत जिल्लामा भएको थियो । प्रहरीले एउटा कम्पाउन्डमा आतंककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाको आधारमा कारबाही सञ्चालन गरेको थियो ।  

प्रहरीले छापा मार्दा आतंककारीहरूले प्रहरी माथि गोली प्रहार गरेका थिए भने, त्यसको जबाफी कारबाहीमा उनीहरू मारिएका हुन् । 

मारिएका आतंककारीबाट हतियार र गोलबारुद बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ । आतंककारीहरू सो प्रान्तमा आतंकवादी हमला र हत्यालगायत विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ५ : ३८ बजे

बललिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

काठमाडौं– बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष

साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

बागमती– हिमालयन राइडर्स सोसाइटी हेटौँडाले हेटौँडा उपमहानगरपालिका-१८ स्थित गोरक्षतालको प्रवर्द्धन

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको