जीपी सभागृह तत्काल सम्पन्न गर्न नेता सिटौलाको आग्रह | Khabarhub Khabarhub

जीपी सभागृह तत्काल सम्पन्न गर्न नेता सिटौलाको आग्रह


७ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बनियानी– नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले निर्माण थालिएको आठ वर्षमा पनि गिरिजाप्रसाद कोइराला स्मृति सभागृह (जीपी स्मृति सभागृह) पूरा नभएपछि  बाँकी काम तत्काल सम्पन्न गर्न आग्रह गरेका छन्।

सभागृहको काम अघि बढाउन तथा त्यसलाई पूरा गर्न भद्रपुर नगरपालिका र जिल्ला समन्वय समितिलाई उनले आग्रहसमेत गरेका हुन् । मेची रङ्गशालामा आजदेखि सुरु भएको ‘ओम साई पाथिभरा हस्पिटल प्रथम झापा लिग’ प्रतियोगिताको उद्घाटन कार्यक्रममा  नेता सिटौलाले त्यस्तो आग्रह गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०७२ असार २८ गते भद्रपुर–८ मा सभागृहको संयुक्त शिलान्यास गरेका छन् । दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सभागृह आठ वर्ष बित्दा पनि अधुरै छ । 

मेची रङ्गशालाको स्तरोन्नतिमा आफू प्रतिबद्ध रहेको बताउँदै नेता सिटौलाले सक्दो सहयोग गर्ने र खेल क्षेत्रको श्रीवृद्धिमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे । 

प्रतियोगितामा आयोजकसहित १५ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद रु तीन लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक भद्रपुर झापा गोल्डकप समितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहीबार  ७ : १५ बजे

गोलीकाण्डमा तीन भुटानी शरणार्थीको मृत्यु, पतिले पत्नी र छोराको हत्यापछि आत्महत्या गरेको दाबी

टेक्सास– शनिबार बिहान अमेरिकाको टेक्ससस्थित ड्यालसमा भएको गोलीकाण्डमा नेपालमाबाट पुनर्वासमा

इजरायली आक्रमणमा मारिए सहासी पत्रकार अनस अल-शरीफ, अन्य पाँचको पनि हत्या

गाजा- आइतबार राति गाजा सहरमा इजरायली आक्रमणमा ६ जना पत्रकारको

आज २०८२ साल साउन २६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २६ गते सोमबार। भाद्र

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष