आजको मौसम : पहाडी क्षेत्रमा पहिरोको खतरा, सतर्क हुन आग्रह | Khabarhub Khabarhub

आजको मौसम : पहाडी क्षेत्रमा पहिरोको खतरा, सतर्क हुन आग्रह


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (आइतबार) देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर छ। जसको कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय भएपनि पूर्वी पहाडी र पश्चिम पहाडका जिल्लामा वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ।

मनसूनको समयमा दिनहुँ वर्षा हुँदा पहाडी भूभागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ:

साउन १२ गते (आईतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ |

साउन १३ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ |

साउन १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ |

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ४७ बजे

चन्दा उठाएर बन्न नसकेको आर्यघाट अब प्रदेश सरकार बनाउने

सुर्खेत– सुर्खेतको भेरी नदी छेउमा स्मार्ट आर्यघाट बनाउने योजना बजेट

बङ्गलादेशमा शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित

एजेनसी– बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल

भारत–पाक ‘डगफाइट’ मा चिनियाँ जे १० भन्दा गतिलो हुँदाहुँदै फ्रान्सेली रफायल किन पराजित भयो ?

काठमाडौं- भारतले गत बुधबार पाकिस्तानमा सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा

उपेन्द्रले थाले ‘जारी-२’ सुटिङ, दशैंमै प्रदर्शनमा ल्याउने तयारी

काठमाडौं – हिट फिल्म ‘जारी’को सिक्वेल ‘जारी–२’को छायाङ्कन सुरु भएको

शोभित बस्नेतले सके ‘पीआर’को सुटिङ, दर्शकले मन पराउनेमा ढुक्क

काठमाडौं – निर्देशक शोभित बस्नेतले फिल्म ‘पीआर’को छायाङ्कन सकेका छन्