खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान | Khabarhub Khabarhub

खाद्यसम्म पुग्दैन धान, गाउँमै धमाधम बेच्दै किसान


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

बेदकोट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-२ लक्ष्मीपुरकी अनिला चौधरीले धान बिक्रीका तयार गरेर घरमा राखेकी छन् । गाउँमै किसानको उब्जाउ खरिद गर्नका लागि व्यापारीले काटा खोलेका छन् । उनले धानको उचित मूल्य पाएकी छैनन् ।

व्यापारीहरू धान किन्नका लागि घरमै आउँदा पनि मूल्य नपाएर किसान चौधरीले धान घरमै थन्क्याएर राखेकी हुन्। उनले अहिलेसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई धान बिक्री गरेकी छैनन् । खाद्य व्यवस्थाले राम्रो दिँदा पनि बिक्रीका लागि टाढा हुँदा लैजान नसकेको उनले बताइन्।

‘नजिकमा खाद्यको खरिद केन्द्र छैन । धान बेच्न भाडा तिरेर महेन्द्रनगर पुग्नुपर्छ’, उनले भनिन्, ‘खरिद केन्द्र टाढा हुँदा गाउँमै सस्तोमा धान बिक्री गर्ने गरेका छौँ ।’ उनका अनुसार गाउँका स्थानीय व्यापारीले अहिले रु दुई हजार सात सय क्विन्टलका दरले धान खरिद गरिरहेका छन् । डेढ बिघा जमिनमा धानखेती गरेकी उनको यसपटक उत्पादन वृद्धि भएको छ ।

सरकारले सञ्चालन गरेको धान खरिद केन्द्र पायक क्षेत्रमा नहुँदा गाउँमै सस्तोमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको लालझाडी गाउँपालिकाका किसान भगत चौधरीले बताए । ‘हामीलाई धान बिक्रीका लागि महेन्द्रनगर लैजान निकै टाढा पर्छ । ढुवानी खर्च कटाउँदा गाउँमा बिक्री गरेजस्तै हुन्छ’, उनले भने, ‘यहाँका व्यापारीले घरमै गाडी ल्याएर धान लैजान्छन् ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा कार्यालय महेन्द्रनगरले गत कात्तिक १५ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो । भीमदत्त नगरपालिकासहित नजिक पर्ने बेदकोट, शुक्लाफाँटा र दोधारा चाँदनीका गरेर दैनिक १० किसान धान बिक्रीका लागि पुग्ने गरेको निमित्त कार्यालय प्रमुख टपेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए।

‘अहिलेसम्म १८ क्विन्टल धान खरिद गरिएको छ । धान खरिद गर्ने काम माघ अन्तिमसम्म चल्छ’, उनले भने, ‘यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ ।’ प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ का दरले धान खरिद भइरहेको उनले बताए। यो मूल्य गत वर्षभन्दा बढी हो । गत वर्ष रु दुई हजार नौ सय ६७ प्रतिक्विन्टलका दरले धान खरिद गरिएको थियो ।

महेन्द्रनगरबाट टाढा रहेका किसानलाई लक्षित गरेर खरिद केन्द्र स्थापनाका लागि पत्राचार गरिएको निमित्त कार्यालय प्रमुख उपाध्यायले बताए। ‘ती क्षेत्रमा खरिद केन्द्र खोल्न पत्राचार गरेका छौँ । हामीसँग कर्मचारी तथा भौतिक संरचनाको अभाव छ’, उनले भने, ‘स्रोतसाधनको व्यवस्थापन गरेर खरिद केन्द्र थप्ने तयारी छ ।’

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : १० बजे

सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौं – जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट

संसद् पुनर्स्थापनको माग लिएर अदालत गइँदैन: कांग्रेस

काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई विघटित प्रतिनिधि

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

जनकपुरधाम – मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च

काठमाडौं उपत्यकाका मेयरहरूसँग प्रधानमन्त्री कार्कीको छलफल

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन्।

अबदेखि वायुसेवा निगमको जहाज डाइभर्ट हुँदा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले