दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयन गर्न समस्या « Khabarhub

दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयन गर्न समस्या


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा– जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा प्रभावकारी ढङ्गबाट योजना कार्यान्वयनमा समस्या भएको छ । चालु आर्थिक वर्षमा कार्यालयअन्तर्गतका करिब एक सय ५५ योजना कार्यान्वयन गर्नुपर्ने भए पनि प्राविधिक नहुँदा तीव्रगतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले जानकारी दिएका छन् ।

कार्यालयमा छ जना प्राविधिकतर्फको दरबन्दी रहे पनि आधा दरबन्दी खाली रहेको उनले बताएका छन्। ‘दुईजना इन्जिनियरको दरबन्दी रहेकामा दुईवटै खाली छ’, उनले भने, ‘हाम्रा योजना कार्यान्व्यनको मुख्य अङ्ग भने प्राविधिक नै हुन्, योजना कार्यान्वयनका लागि इन्जिनियर र ओभरसियर नहुँदा कार्यान्वयनमा जटिलता भएको छ ।’

दरबन्दीअनुसार कार्यालयमा प्राविधिक नभएकाले योजना कार्यान्वयन प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको छ । ‘दरबन्दीअनुसार प्राविधिक पठाइदिन मन्त्रालयलाई पत्राचार गरिसकेका छौँ’, उनले भने, ‘मन्त्रालयले पठाउँछ भन्नेमा ढुक्क छौँ ।’ योजना सुरु गरे पनि कार्यालयबाट आवश्यकताअनुसार प्राविधिक अनुगमनका लागि पुग्न नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

“एउटै योजनाका लागि पाँच–सातपटक जानुपर्ने अवस्था पनि हुनसक्छ, तर थोरै कर्मचारी पर्याप्त नहुँदा दुई–तीन पटकमात्र प्राविधिक फिल्डमा पठाउनुपर्ने बाध्यता हुन्छ”, उनले भने। योजनाको सङ्ख्या हेर्दा भएको दरबन्दीले नपुग्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताए।

‘भएको दरबन्दीमात्र भए पनि काम गर्न सहज हुने थियो’, प्रमुख पौडेलले भने, ‘वर्षैपिच्छे योजना सङ्ख्या बढ्दै जाने प्राविधिकचाहिँ घट्दै जाने अवस्था छ ।’ प्राविधिकको अभावमा योजनाको गुणस्तर कायम गर्नसमेत कठिनाइ हुने उनले बताए । ‘सबै कुरा निगरानीको पनि कुरा हो’, उनले भने, ‘प्राविधिकको निगरानी कम हुने अवस्था आयो भने योजनाको गुणस्तर कायम गर्न समस्या हुनसक्छ ।’

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ५१ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको