दुर्गा प्रसाईँका कार्यकर्ताको गिरफ्तारीमा राजेन्द्र लिङ्देनको आपत्ति « Khabarhub

दुर्गा प्रसाईँका कार्यकर्ताको गिरफ्तारीमा राजेन्द्र लिङ्देनको आपत्ति


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागीहरुलाई सरकारले धरपकड गर्नु मौलिक हकविपरीत कार्य भएको बताएका छन् ।

प्रहरीले शुक्रबार दुर्गा प्रसाईँका समर्थकहरुलाई तीनकुनेमा प्रदर्शन गर्न खोज्दा पक्राउ गरेपछि लिङ्देनले आपत्ति जनाएका हुन् । साथै प्रसाईँलाई नजरबन्दमा राखिएको लिङ्देनको आरोप छ ।

अध्यक्ष लिङ्देन भन्छन्, ‘शान्तिपूर्ण ढङ्गले हिँडडुल गर्न, भेला हुन र विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक हक विपरीत आज काठमाडौंमा भइरहेको धरपकड र नजरबन्द जस्ता घटनाहरु अलोकतान्त्रिक तथा जनताको मौलिक हक विरुद्धका काम हुन् ।’

धरपकड र कुनै पनि प्रकारको दमनले समस्याको समाधान ननिस्कने बताउँदै लिङ्देन भन्छन्, ‘सरकारले आफूलाई तत्काल सच्याओस् ।’

यो पनि…

तीनकुनेबाट शाही युवा शक्तिका अध्यक्ष खड्कासहित ५ जना पक्राउ

दुर्गा प्रसाईँले बल्खुमै कार्यक्रम गरे हुन्छ, तीनकुनेमा पाइँदैन : जिल्ला प्रशासन

दुर्गा प्रसाईँले भने- पूर्वअनुमति दिएर कार्यक्रम गर्न दिइएन

प्रचण्ड र ओलीको घर घेर्छौँ : दुर्गा प्रसाईँ

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  २ : २३ बजे

६ करोड ५० लाख पाउन्डमा रोड्री बार्सिलोना जाने पक्का, चार वर्षको सम्झौता हुँदै

काठमाडौँ – स्पेनिस क्लब बार्सिलोनाले म्यानचेस्टर सिटीका कप्तान तथा स्पेनिस

संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

अस्ट्रेलियामा नेपाल ‘ए’ को परीक्षा: कुनकुन देशको टिमसँग हुँदैछ प्रतिस्पर्धा ?

काठमाडौँ – अस्ट्रेलियामा सञ्चालन हुने ‘टप एन्ड टी–२०’ सिरिजका लागि

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर