सरकारको काम गर्ने शैलीबाट नागरिक खुसी छैनन् : उपप्रधानमन्त्री खड्का | Khabarhub Khabarhub

सरकारको काम गर्ने शैलीबाट नागरिक खुसी छैनन् : उपप्रधानमन्त्री खड्का


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले राज्य सञ्चालकको काम गर्ने शैलीबाट नागरिक खुसी नभएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र दलहरूले काम गर्ने तौरतरिकालाई सुधार गर्न जरुरी भएको बताए ।
सुशासन र समय सापेक्ष जनताको चाहना र अपेक्षालाई केन्द्रविन्दुमा राखेर तीव्र गतिमा काम गर्ने तौरतरिकालाई सुधार गर्नुपर्ने मन्त्री खड्काको जोड छ ।

नकारात्मक र भ्रमपूर्ण प्रचारले समाजलाई गलत दिशामा लगिरहेको भन्दै उनले त्यसतर्फ आफूहरू सजग र सुधार्नुपर्ने कुरामा सचेत रहेको पनि बताए ।

उनले सरकारले केही दिनभित्रै जनताको सुशासनको चाहना र विभिन्न कोणबाट उठेका प्रश्नको जवाफ कामबाट दिन संगठित रूपमा लाग्न प्रयास गरेको बताए।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ३ : १८ बजे

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध, हलेसी आउने तीर्थालु अलपत्र

खोटाङ– लगातारको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड

लमजुङमा अटो दुर्घटना, सात जना घाइते

सुन्दरबजार– लमजुङको सुन्दरबजारबाट पाउँदीतर्फ जाँदै गरेको यात्रुवाहक अटो दुर्घटना हुँदा

पोखरास्थित सिद्ध महायोग साधना केन्द्रमा चतुर्मास व्रत अनुष्ठान, दैनिक सत्सङ्ग र साधना हुँदै

काठमाडौं- हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र पोखराले गुरुपूर्णिमादेखि चतुर्मास

पुराना मुद्दा टुङ्ग्याउँदै सिरहा जिल्ला अदालत

सिरहा– सिरहा जिल्ला अदालतले आर्थिक वर्ष २०८१-८२ मा कार्यसम्पादनमा उल्लेखनीय

जब धान रोप्न रामपुरको फाँटमा पसे चिनियाँ राजदूत…

चितवन- चितवनको रत्ननगरस्थित चीन–नेपाल दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा