श्रीलङ्काली केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौती « Khabarhub

श्रीलङ्काली केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौती


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक ब्याजदरमा कटौती गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले श्रीलङ्काको अर्थतन्त्र स्थिर हुने प्रारम्भिक सङ्केत देखिएको तर पुनरुत्थान ‘अझै सुनिश्चित नभएको’ बताएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंक सीबीएसएलले शुक्रबार महत्वपूर्ण ऋण दरलाई एक प्रतिशत बिन्दुले घटाएर १० प्रतिशतमा झारेको छ भने वार्षिक मुद्रास्फीति १.५ प्रतिशतमा झरेको छ । निक्षेपको ब्याजदरमा पनि सोही रकम घटाएर ९.० प्रतिशतमा झारिएको छ ।

“मौद्रिक नीति समितिले बजारको ब्याजदर, विशेषगरी कर्जाको ब्याजदरमा मौद्रिक सहजताका उपायहरूको द्रूत र पूर्ण कार्यान्वयनको आवश्यकतामा जोड दिएको छ,” बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आईएमएफसँग भएको दुई अर्ब ९० करोड अमेरिकी डलरको चार वर्षे कर्जा रकममध्ये ३३ करोड अमेरिकी डलरको दोस्रो किस्ता प्राप्त गर्न सरकार असफल भएपछि पछिल्लो कटौती गरिएको हो ।

यद्यपि, केन्द्रीय बैंकले द्विपक्षीय ऋणदाताहरू र निजी ऋणपत्रधारकहरूसँग अर्को महिनाको सुरुमा ऋण सम्झौता गर्ने आशा व्यक्त गरेको छ ।

मार्चमा सुरु भएको आईएमएफ कार्यक्रमको पहिलो समीक्षापछि श्रीलङ्काले सेप्टेम्बरको अन्त्यसम्ममा कर्जाको दोस्रो किस्ता प्राप्त गर्न चाहेको थियो ।

तथापि, श्रीलङ्काले अन्य कुराहरूका साथै सहमत राजस्व लक्ष्यहरूभन्दा कम भएको र कर सङ्कलन बढाउन आवश्यक रहेको कोषले उल्लेख गरेको छ ।

सीबीएसएलले जुन, जुलाई र अक्टोबरमा तीन पटक गरिएको पछिल्लो दर कटौतीले अर्थव्यवस्थालाई पुनरुत्थान गर्न मद्दत गर्ने आशा व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : १३ बजे

मुक्तिनाथमा दर्शनार्थी खचाखच

मुस्ताङ– हिन्दू तथा बौद्धधर्मालम्बीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौं– पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति थापा

पाटन– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू नेतृत्वको

महाकाली नदीमा डुबेर एक जनाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीमा महाकाली नदीमा डुबेर आज एक जनाको