श्रीलङ्काली केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौती | Khabarhub Khabarhub

श्रीलङ्काली केन्द्रीय बैंकद्वारा ब्याजदरमा कटौती


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्काले विदेशी ऋणदाताहरूसँगको महत्वपूर्ण ऋण पुनर्संरचना सम्झौताअघि शुक्रबार दोस्रो पटक ब्याजदरमा कटौती गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले श्रीलङ्काको अर्थतन्त्र स्थिर हुने प्रारम्भिक सङ्केत देखिएको तर पुनरुत्थान ‘अझै सुनिश्चित नभएको’ बताएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंक सीबीएसएलले शुक्रबार महत्वपूर्ण ऋण दरलाई एक प्रतिशत बिन्दुले घटाएर १० प्रतिशतमा झारेको छ भने वार्षिक मुद्रास्फीति १.५ प्रतिशतमा झरेको छ । निक्षेपको ब्याजदरमा पनि सोही रकम घटाएर ९.० प्रतिशतमा झारिएको छ ।

“मौद्रिक नीति समितिले बजारको ब्याजदर, विशेषगरी कर्जाको ब्याजदरमा मौद्रिक सहजताका उपायहरूको द्रूत र पूर्ण कार्यान्वयनको आवश्यकतामा जोड दिएको छ,” बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आईएमएफसँग भएको दुई अर्ब ९० करोड अमेरिकी डलरको चार वर्षे कर्जा रकममध्ये ३३ करोड अमेरिकी डलरको दोस्रो किस्ता प्राप्त गर्न सरकार असफल भएपछि पछिल्लो कटौती गरिएको हो ।

यद्यपि, केन्द्रीय बैंकले द्विपक्षीय ऋणदाताहरू र निजी ऋणपत्रधारकहरूसँग अर्को महिनाको सुरुमा ऋण सम्झौता गर्ने आशा व्यक्त गरेको छ ।

मार्चमा सुरु भएको आईएमएफ कार्यक्रमको पहिलो समीक्षापछि श्रीलङ्काले सेप्टेम्बरको अन्त्यसम्ममा कर्जाको दोस्रो किस्ता प्राप्त गर्न चाहेको थियो ।

तथापि, श्रीलङ्काले अन्य कुराहरूका साथै सहमत राजस्व लक्ष्यहरूभन्दा कम भएको र कर सङ्कलन बढाउन आवश्यक रहेको कोषले उल्लेख गरेको छ ।

सीबीएसएलले जुन, जुलाई र अक्टोबरमा तीन पटक गरिएको पछिल्लो दर कटौतीले अर्थव्यवस्थालाई पुनरुत्थान गर्न मद्दत गर्ने आशा व्यक्त गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ४ : १३ बजे

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले

भारतको बाढीपहिरोमा २६ नेपाली बेपत्ता (नामसहित)

काठमाडौँ – भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक