इजिप्टले गाजामा पठायो १२ हजार टन सहायता सामग्री « Khabarhub

इजिप्टले गाजामा पठायो १२ हजार टन सहायता सामग्री


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कायरो- इजिप्ट र गाजा क्षेत्रबीचको रफाह नाकाबाट गाजातर्फ करिब १२ हजार टन मानवीय सहायता सामग्री पठाइएको छ । रफाह नाकाबाट करिब १२ हजार टन मानवीय सहायता गाजा पट्टी पठाइएको इजिप्टका राष्ट्रपतिले बताएका हुन् ।

काएरो अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजित प्यालेस्टाइनको समर्थनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति अब्देल–फताह अल–सिसीले भने “एक हजार तीन सय ट्रकहरूद्वारा ढुवानी गरिएको झण्डै १२ हजार टन राहत सहायता रफाह हुँदै गाजामा पठाइएको छ ।’

उनले इजिप्टको उत्तरी सिनाई प्रायद्विपमा रहेको एल–आरिश अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्रीले भरिएको एक सय ५८ जहाज अवतरण गरेको र इजिप्टले गाजालाई पठाइएको कूल सहायताको ७० प्रतिशत अनुदान रहेको बताए ।

इजिप्टका राष्ट्रपतिले गाजामा खाद्यान्न, चिकित्सा सहायता र इन्धन पु¥याउन र युद्धग्रस्त क्षेत्रबाट घाइतेहरूलाई लिन रफाह सीमानाका खुला राख्ने इजिप्टको निर्णयको महत्वलाई जोड दिए ।

उनले भने, “संयुक्त राज्य अमेरिका र इजिप्टको संयुक्त प्रयास र कतारको मध्यस्थतामा कतार, हमास र इजरायलले चार दिनको लागि मानवीय युद्धविराम भएको छ । यसलाई थप लम्ब्याउन सकिन्छ ।”

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : ४३ बजे

फेलोसिप चिकित्सकलाई नवौँ तह सरहको पारिश्रमिक अनिवार्य

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले फेलोसिप कार्यक्रमअन्तर्गत कार्यरत चिकित्सकहरूको न्यूनतम पारिश्रमिक

वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण

बागमती– पढ्ने उमेर भए पनि मकवानपुरको मनहरी गाउँपालिका–४ वनकरिया बस्तीका

पाक-अफगान द्वन्द्व : मध्यस्थता गर्ने इरानको प्रस्ताव, तनाव नबढाउन चीनदेखि रुससम्मको अपिल

अफगानिस्तान–पाकिस्तान तनाव: चीनसहित विभिन्न देश र संयुक्त राष्ट्रको संयमको अपिल

शस्त्र प्रहरी र भारतीय सुरक्षा बलबीच समन्वायात्मक बैठक

महेन्द्रनगर- सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा

पाँच वर्ष देश बनाउने स्पष्ट भिजनका साथ अगाडि बढेका छौँ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी पाँच वर्ष देश