इजिप्टले गाजामा पठायो १२ हजार टन सहायता सामग्री « Khabarhub

इजिप्टले गाजामा पठायो १२ हजार टन सहायता सामग्री


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कायरो- इजिप्ट र गाजा क्षेत्रबीचको रफाह नाकाबाट गाजातर्फ करिब १२ हजार टन मानवीय सहायता सामग्री पठाइएको छ । रफाह नाकाबाट करिब १२ हजार टन मानवीय सहायता गाजा पट्टी पठाइएको इजिप्टका राष्ट्रपतिले बताएका हुन् ।

काएरो अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजित प्यालेस्टाइनको समर्थनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति अब्देल–फताह अल–सिसीले भने “एक हजार तीन सय ट्रकहरूद्वारा ढुवानी गरिएको झण्डै १२ हजार टन राहत सहायता रफाह हुँदै गाजामा पठाइएको छ ।’

उनले इजिप्टको उत्तरी सिनाई प्रायद्विपमा रहेको एल–आरिश अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्रीले भरिएको एक सय ५८ जहाज अवतरण गरेको र इजिप्टले गाजालाई पठाइएको कूल सहायताको ७० प्रतिशत अनुदान रहेको बताए ।

इजिप्टका राष्ट्रपतिले गाजामा खाद्यान्न, चिकित्सा सहायता र इन्धन पु¥याउन र युद्धग्रस्त क्षेत्रबाट घाइतेहरूलाई लिन रफाह सीमानाका खुला राख्ने इजिप्टको निर्णयको महत्वलाई जोड दिए ।

उनले भने, “संयुक्त राज्य अमेरिका र इजिप्टको संयुक्त प्रयास र कतारको मध्यस्थतामा कतार, हमास र इजरायलले चार दिनको लागि मानवीय युद्धविराम भएको छ । यसलाई थप लम्ब्याउन सकिन्छ ।”

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै