जनताको सहभागिताबाट बनेको संविधानको विकल्प छैन : महामन्त्री शर्मा | Khabarhub Khabarhub

जनताको सहभागिताबाट बनेको संविधानको विकल्प छैन : महामन्त्री शर्मा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको सहभागिताबाट बनेको संविधानको विकल्प नभएको बताएका छन् ।

शुक्रबार मोरङको कटहरीमा नेपाल डेमोक्रेटिक लयर्स एसोशिएसन डिएलएले आयोजना गरेको स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै महामन्त्री शर्माले धेरै शासन व्यवस्था प्रणाली हेरेर अहिले जनताको संविधान बनेकाले यसको विकल्प नभएको बताएका हुन् ।

परिवर्तित प्रणालीकै कारण अहिले लोकतन्त्रको विरोधमा पनि प्रदर्शन गर्न छुट भएको उनको भनाइ छ । उनले प्रणालीको विरोध भइरहँदा राज्यले आफ्नो प्राथमिकतामा ध्यान दिनुपर्ने जिकिर गरे ।

कार्यक्रममा सहभागिहरुले कर्मचारीहरुको मिलोमतो नभई जनप्रतिनिधिहरुले भ्रष्टाचार गर्न नसक्ने भएकाले कानुनी तथा वित्तिय सुशासन बारे जानकारी राख्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ५ : ४८ बजे

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले

भारतको बाढीपहिरोमा २६ नेपाली बेपत्ता (नामसहित)

काठमाडौँ – भारत उत्तराखण्डको उत्तरकाशी र पौडी गढवाल जिल्लामा एक