विधवा भत्ता खान जिउँदो श्रीमानलाई मृत घोषणा | Khabarhub Khabarhub

विधवा भत्ता खान जिउँदो श्रीमानलाई मृत घोषणा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको मन्थली नगरपालिका वडा नम्बर ३ मा अनौठो भ्रष्टाचार काण्ड भएको छ । स्थानीय एक महिलाले विधवा भत्ता खानका लागि वडासचिवसँग मिलेमतो गरेर आफ्ना जीवित पतिलाई मरेको भनी कागजात बनाएको पाइएको छ ।

स्थानीय निर्मला खत्रीले मन्थली नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष शिवकुमार महतोसँग मिलेमतो गरी आफ्नो जीवित पतिको मृत्यु दर्ता गराइन् । त्यसपछि उनले स्थानीय तहबाट मासिक रुपमा एकल महिला भत्ता थाप्न थालिन् । निर्मलाले अहिलेसम्म ४५ हजार रुपैयाँ भत्ता पचाइसकेकी छिन् ।

निर्मलाको सामाजिक सुरक्षा भत्ता परिचय पत्र बनाउन श्रीमानको मृत्युदर्ता सम्बन्धी विवरण भरेर वडा सचिव महतोले फर्जी लिखत तयार पारिदिएका थिए ।

यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार वडा सचिव शिवकुमार महतो र निर्मला खत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

तत्कालीन वडा सचिव महतोले निर्मला खत्रीसँगको मिलेमतोमा निर्मला खत्रीको जिवित श्रीमानको मृत्यु भएको भनी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

दुबै कसुरदारबाट ४५ हजार २ सय २० रुपैयाँ बराबरको बिगो असुलउपर गरी कारवाही गर्न अभियोगपत्रमा मागदाबी गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत बताएका छन् ।

हेर्नुहोस् अख्तियारको विज्ञप्ति–

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : १२ बजे

गोरखाको ढुङ्गागाढे–खाब्दी भञ्ज्याङ सडक अवरुद्ध

गोरखा– गोरखाको शहीद लखन गाउँपालिका– ७ स्थित ढुङ्गागाढे भञ्ज्याङ नजिकै

चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दी- म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७ दशमलव पाँच मेगावाट

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान

चितवन- चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरी सिकारी नियन्त्रणका लागि ‘स्पाई

पाँचखालका ६ हजार परिवारका घरघरमा खानेपानी

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाका ६ हजार परिवारको घरघरमा खानेपानी पुर्‍याइएको छ

श्रीमतीको हत्या अभियोगमा पक्राउ

पर्सा– श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्साको जगरनाथपुर गाउँपालिका–४