भारतीय र अमेरिकी सेनाबीच मेघालयमा संयुक्त सैन्य अभ्यास « Khabarhub

भारतीय र अमेरिकी सेनाबीच मेघालयमा संयुक्त सैन्य अभ्यास


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय र अमेरिकी सेनाबीच भारतको पूर्वोत्तर राज्य मेघालयमा संयुक्त सैन्य अभ्यास सञ्चालन भएको छ । भारतीय र अमेरिकी सेनाले मेघालयको उमोरी क्षेत्रमा ‘वज्र प्रहर २०२३’ नामक सैन्य अभ्यास सञ्चालन गरेका हुन् ।

अभ्यासमा भारतीय सेनाको पूर्वी कमाण्डको विशेष बल र अमेरिकी सेनाको प्रथम विशेष बल समूह (एसएफजी) का सैनिक सहभागी रहेको इन्डिया ब्लुम्सले जनाएको छ ।

यस अभ्यासबाट दुई मुलुकका सेनाबीच संयुक्त सैन्य अभियान योजना र कारवाही रणनीतिबारे अभ्यास र अनुभव आदान प्रदान हुने भारत सरकारको विश्वास छ । भारत र अमेरिकाबीच प्रथम पटक सन् २०१० मा यस्तो किसिमको सैन्य अभ्यास सञ्चालन भएको थियो । यस वर्षको यो अभ्यास १३ औँ संस्करणको रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यस अभ्यासमा सैनिकहरुले आतंकवादविरुद्धको कारवाही, विशेष सैन्य अभियान, हवाइ कारवाही एवम् पहाडी क्षेत्रमा युद्ध कलाबारे प्रशिक्षण लिने बताइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ७ : ३६ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः