हेटौँडा उपमहानगर र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध « Khabarhub

हेटौँडा उपमहानगर र पाँचपोखरी थाङपाल गाउँपालिकाबीच भगिनी सम्बन्ध


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका र हेटौँडा उपमहानगर पालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आज पाँच पोखरी थाङपाल– ४ स्थित नागी थामडाँडा एवं पेमाछल उद्यान केन्द्रमा गुरु रिन्पोछे (पद्मा सम्भव) को प्रतिमा अनावरण कार्यक्रममा दुई पक्षबीच भगिनी सम्बन्धको लागि समझदारी भएको हो ।

हेटौँडा उपमहानगरपालिकाका वित्त व्यवस्थापन महाशाखाका प्रमुख अनिरुद्ध नेपालको रोहबरमा पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा र हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाबीच समझदारी पत्रमा हस्ताक्षर भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले बताए।

गाउँपालिकाका अध्यक्ष लामाले हिमाली भेगमा रहेको पालिका र तराई क्षेत्रको उपमहानगरपालिकाबीच स्थापित सम्बन्धले साझेदारी प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

पेमाछल उद्यान केन्द्रका प्रमुख लामा फूर्वा सिङ्गी लामाले पाँच पोखरी पर्यटकीय गन्तव्य रहको भन्दै त्यसको विकासका लागि दुवै पालिका मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । हेटौँडा उपमहानगर पालिकाकी प्रमुख मीनाकुमारी लामाले पाँच पोखरीको विकासका लागि हेटौँडा उपमहानगरपालिकाको सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ८ : ५९ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु