‘नागरिक पहिलो’ अभियानको घोषणा हुँदै | Khabarhub Khabarhub

‘नागरिक पहिलो’ अभियानको घोषणा हुँदै


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विभिन्न राजनीतिक समूह तथा अभियन्ताले ‘नागरिक पहिलो’ अभियानको घोषणा गर्ने भएका छन् । आगामी मंगलबार उक्त अभियानको घोषणा हुने छ ।

अभियानको मूल नारा– ‘सबैको स्वाभिमान, सबैको समृद्धि’ हुने बताइएको छ । देशमा प्रतिक्रियावादी तथा पश्चगामी चलखेल बढेको, पुराना दल संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकासका लागि असफल हुँदै गएको निष्कर्षसहित अझ उन्नत लोकतन्त्रतर्फको यात्रालाई सहजीकरण गर्न यस्तो अभियान आवश्यक परेको तयारीमा संलग्न अभियन्ता तथा युवानेता मिलनकान्छा किरातीले बताए ।

‘पाँच समस्या, पाँच समाधान, एक अभियान’ नामको अवधारणा–पत्र भेलामा प्रस्तुत गरिनेछ । त्यसका लागि मंसिर ११–१२ गते काठमाण्डौंमा भेला बोलाइएको छ। आम नागरिकमा बढ्दो निराशा चिर्न र नयाँस्तरमा लोकतान्त्रिक आन्दोलनको विकास गर्न अभियानले सहयोग गर्ने अभियन्ताहरुको विश्वास छ।

११ गते अभियानको प्रस्तावना र कार्यक्रम माथि छलफल र १२ गते मध्यान्ह पत्रकार सम्मेलन गरी घोषणपत्र र अभियानका कार्यक्रम सार्वजनिक गरिने एकजना अभियन्ता नेता डम्बर खतिवडाले जानकारी दिए । भेलाले अभियान केन्द्रीय संयोजन कार्यदल समेत बनाउने सम्भावना छ ।

अभियानमा मुमाराम खनाल, केशव दाहाल, डम्बर खतिवडा, मिलान कान्छा किराती लगायतका लेखक–विश्लेषक तथा राजनीतिक नेताहरु सामेल हुँदैछन् ।

राजनीतिक नेताहरु तथा थप अभियन्ताहरु प्रशान्त सिंह, अशोक श्रेष्ठ, सुरेन्द्र चौधरी, भूपेन्द्र नेम्बाङ, नारायण खनाल, जनार्दन वियोगी, जावेद इकवाल हैदर, देवराज भारद्धाज, सनोज महत, ठाकुर पोख्रेल लगायत पनि अभियानमा जोडिने बताइएको छ ।

समीक्षा बाँस्कोटा नेतृत्वको विवेकशील साझा पार्टीलेसमेत अभियानमा सहकार्य गर्ने तयारी गरेको छ । अन्य दर्जनौं साना राजनीतिक समूह पनि यो अभियानमा जोडिने बताइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  ९ : ५२ बजे

राप्ती नदीबाट घडियालका दुई सय ४७ अण्डा सङ्कलन

चितवन – चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदी किनारबाट

मादी नदीमा बालकको शव भेटियो

तनहुँ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा आज

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा