म देशजस्तै एउटा मान्छे « Khabarhub

म देशजस्तै एउटा मान्छे


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

बुद्ध खोज्दै रातारात मैले छाडेको बस्ती
अझै अशान्त छ
ममा अशान्तिको जुलुस
उसैगरी दौडिरहेको छ ।

एक्लो, बिल्कुल एक्लो बनेपछि
मैले, मेरो इतिहास खोज्न थालेको छु
आस्था र भरोसाको प्रतिमूर्ति
मेरो देश खोज्न थालेको छु ।

बुद्धको प्रस्थानसँगै
हाँस्न थालेको अँध्यारो चपाएर
वृद्ध बा–आमाले कुरिरहेका छन्
उराठ बस्ती
म त्यही बस्ती फर्कन चाहन्छु
बुद्ध बोकेर
जहाँ मान्छेको दीर्घायुको अर्चना गर्दै बसेका
मायावी मनहरू छन् ।

अविश्वासको कोर्राले भत्किएको बस्तीमा
म विश्वासको दीप बाल्न चाहन्छु
भाग्दै गरेको युवा वर्तमानको हात समाएर
मान्छेको मन बनाउन खोजिरहेको छु
फेरि पनि म एक्लो एक्लो बनेको छु ।

समय गहिराइ बिर्सिएर उत्रिएको छ सतहमा
अनि हल्लिएको छ फेद विहीन टुप्पो भएर
उसैगरी हल्लिएको छ समाज
अनि लर्खराएका छन् मेरा पाइलाहरू ।

पीडा र अभावमा बाँचेको मान्छे
विकृति र नग्नताबाट लखेटिएको मान्छे
आँसु र रगतले पखालिएको मान्छे
अँध्यारै अँध्यारोमा उज्यालो बुद्ध खोज्न निस्किएको
म, देशजस्तै एउटा मान्छे
बुद्ध बोकेर बस्ती फर्कन खोज्दैछु ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : २९ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द