म देशजस्तै एउटा मान्छे « Khabarhub

म देशजस्तै एउटा मान्छे


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

बुद्ध खोज्दै रातारात मैले छाडेको बस्ती
अझै अशान्त छ
ममा अशान्तिको जुलुस
उसैगरी दौडिरहेको छ ।

एक्लो, बिल्कुल एक्लो बनेपछि
मैले, मेरो इतिहास खोज्न थालेको छु
आस्था र भरोसाको प्रतिमूर्ति
मेरो देश खोज्न थालेको छु ।

बुद्धको प्रस्थानसँगै
हाँस्न थालेको अँध्यारो चपाएर
वृद्ध बा–आमाले कुरिरहेका छन्
उराठ बस्ती
म त्यही बस्ती फर्कन चाहन्छु
बुद्ध बोकेर
जहाँ मान्छेको दीर्घायुको अर्चना गर्दै बसेका
मायावी मनहरू छन् ।

अविश्वासको कोर्राले भत्किएको बस्तीमा
म विश्वासको दीप बाल्न चाहन्छु
भाग्दै गरेको युवा वर्तमानको हात समाएर
मान्छेको मन बनाउन खोजिरहेको छु
फेरि पनि म एक्लो एक्लो बनेको छु ।

समय गहिराइ बिर्सिएर उत्रिएको छ सतहमा
अनि हल्लिएको छ फेद विहीन टुप्पो भएर
उसैगरी हल्लिएको छ समाज
अनि लर्खराएका छन् मेरा पाइलाहरू ।

पीडा र अभावमा बाँचेको मान्छे
विकृति र नग्नताबाट लखेटिएको मान्छे
आँसु र रगतले पखालिएको मान्छे
अँध्यारै अँध्यारोमा उज्यालो बुद्ध खोज्न निस्किएको
म, देशजस्तै एउटा मान्छे
बुद्ध बोकेर बस्ती फर्कन खोज्दैछु ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ६ : २९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी