बाँकेमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन « Khabarhub

बाँकेमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन


९ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

बाँके – बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन् ।

श्री नंं ४ बाहिनी अड्डा इमामनगर ब्यारेकका बाहिनीपति सहायक रथी प्रकाश थापाद्वारा अनुगमन गरिएको उक्त शिविरमा ओभरीस्थित अर्जुनबाण गणका गणपति एवं नेपाली सेनाका प्रधानसेनानी अशोक खड्काले सहरी क्षेत्रको अस्पताल र चिकित्सकसँग सहज पहुँच नभएका स्थानीयलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।

‘सहरसम्म पुगेर, महँगो अस्पतालमा पैसा खर्च गरेर, सामान्य स्वास्थ्य जाँच गराउनका लागि सबैले नसकिरहेको अवस्थामा हामीले यो शिविर गाउँपालिकासँग समन्वय गरेर सञ्चालन गरेका हौँ’, गणपति खड्काले बताए । उनले एकदिने शिविरमा स्वास्थ्य जाँच गराउन पाएकामा यहाँका स्थानीय बिरामी खुसी भएको बताए ।

मध्यवर्ती क्षेत्रका स्थानीय र सेनाबीचको सम्बन्ध विस्तारका लागि उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले बताए। मेडिकल कलेजका अन्य डाक्टरसँगै सेनाका विशषज्ञ डाक्टरद्वारा स्थानीयको स्वस्थ्य जाँच गराउँदा त्यसको विश्वसनीयता बढ्ने भएकाले सेनासँग समन्वय गरिएको उनको भनाइ छ ।

गाउँपालिका स्वास्थ्य शाखा सिअहेब अधिकृत सुरेशकुमार शर्माले सबैभन्दा बढी नाक, कान र घाँटी र स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको बताए । नाक, कान र घाँटीका दुई सय ६० र स्त्रीरोगसम्बन्धी एक सय १२ जनाको स्वास्थ्य जाँच गरिएको थियो । त्यसैगरी दुई सय ५० जनाले सामान्य स्वास्थ्य जाँच गराएका छन् भने हाडजोर्नी तथा नशाका दुई सय ४८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । त्यसैगरी मुटुरोगसम्बन्धी ८०, छालारोगसम्बन्धी ६२, रगत जाँच ३२ र मुटुको धड्कन (इसिजी) ४५ जनाले स्वास्थ्य जाँच गराएका छन् ।

शिविरमा कोहलपुर मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज र आर्मी अस्पताल नेपालगञ्ज र राप्तीसोनारी गाउँपालिकाका एक चिकित्सक गरी नौ चिकित्सक सेवा दिनुभएको एचसिआरसी अस्पताल नेपालगञ्ज बाँकेका रमेश सिटौलाले बताए । उनका अनुसार एक जना बिरामीको एकैपटक तीनदेखि चारवटासम्म स्वास्थ्य जाँच गरिएको थियो ।

शिविरमा नेपाली सेनाका तर्फबाट हाडजोर्नीका डा अमिररत्न शाक्य, सामान्य स्वास्थ्य जाँचका डा सुरेश कायस्थ र नाक, कान घाँटीको डा कविर बाँस्तोलाले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । त्यस्तैकोहलपुर मेडिकल कलेजबाट छालारोग विशेषज्ञ डा कमलजङ्ग शाही, मुटुरोग डा विपीन आर्चायले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । महिलाको स्वास्थ्य जाँचका लागि महिला प्रसूति निःसन्तान विशषज्ञ डा मञ्जु विसी शाह, छालारोग डा आरके झाले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य शिविरमा निःशुल्क औषधि वितरण गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८०, शनिबार  ९ : १४ बजे

पूर्वगृहमन्त्री लेखकलाई २ नं गण महाराजगञ्जमा राखियो

काठमाडौं– पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई नेपाल प्रहरीले

कांग्रेसका सांसदलाई ‘संसदीय सचेतना’ कार्यक्रम (तस्बिरहरू)

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आयोजना गरेको ‘संसदीय सचेतना’

असावधानीका कारण आगजनीका घटनामा बढोत्तरी

काठमाडौं– देशभर एकैदिन १६ स्थानमा आगजनीका घटना भएका छन् ।

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर