दाँत र मुखको स्वास्थ्यलाई कसरी ख्याल गर्ने ? | Khabarhub Khabarhub

दाँत र मुखको स्वास्थ्यलाई कसरी ख्याल गर्ने ?


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

मुखको स्वास्थ्य भनेको हाम्रो जीवनको सौन्दर्य हो । त्यसैले हामी सबैले मुखको स्वास्थ्यलाई जोगाउनु पर्छ। मुख स्वास्थमा ध्यान दिइएन भने मुखको क्यान्सरसमेत हुनसक्छ । मुख स्वास्थ्य बिग्रिएमा श्वासप्रश्वासमा समस्या आउँछ । मुखमा रहेका कीटाणु फोक्सोमा पुग्दा निमोनिया, फोक्सोमा सङ्क्रमण हुनसक्छ । मुखमा कस्तो समस्या देखिएको छ ? समस्या समाधान गर्न के के कुरामा ध्यान दिने लगायत विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ दन्त चिकित्सक डा. हरिश जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश :

मुखमा आउने ठुलो समस्या भनेको दाँत किराले खाने हो । यसको समयमा उपचार गरिएन भने दीर्घकालीन रूपमा गिजा पाक्ने, दाँत झर्नेसम्मको समस्या हुन्छ।

हाम्रो मुखमा के कस्ता समस्या देखिन्छन् ?
मुखको स्वास्थ्यमा सौन्दर्यदेखि लिएर स्वस्थ पाचन प्रणालीसम्मका कुराहरू जोडिन्छन् । मुख स्वस्थमा समस्या आयो भने मानिसको स्वास्थ्यमा धेरै असर पर्दछ । विशेषगरी मुखमा आउने समस्या भनेको दाँत किराले खाने हो । दाँत किराले खाँदा समयमा उपचार गरिएन भने दीर्घकालीन रूपमा गिजा पाक्ने दाँत झर्नेसम्मको समस्या आउन सक्छ । खानेकुराहरू मुखमा अड्काई राख्ने समयमा ब्रस नगर्ने, कुला नगर्ने हुँदा दाँत माझ्दा रगत पनि आउन सक्छ । यसले गर्दा समय नपुगी दाँत फाल्नुपर्ने वा निकाल्नु पर्ने अवस्था पनि आएको छ । शरीरमा भएका अन्य रोगजस्तो सुगरका बिरामीमा पनि दाँत हल्लिने र रगत बग्ने हुन्छ । यसका साथै मुखबाट दुर्गन्ध आउने समस्या, मुखमा घाउ आउने लगायतका समस्या देखिन्छन् ।

साना बालबालिकाको दाँतमा गुलियो खाने कुराले नै सानै उमेरमा पनि दाँत फाल्नुपर्ने अवस्था सिर्जना हुने हो ?
बच्चालाई दूध खुवाएपछि थोरै पानी खुवाउने, कुला गराउने र ब्रस गराउने गर्नु पर्दछ । किनकि लिटो र दूध खुवाउँदा त्यो मुखमा रह्यो भने त्यसले दाँतको इनामेल खियाउँछ । बच्चालाई चकलेट लगायतका गुलियो खाने कुराहरू पनि पछिल्लो समय धेरै खुवाउने गरिन्छ । दाँत दुख्यो भनेर फार्मेसिमा गएर दुखाइ कम हुने औषधि पनि खाने गरिन्छ उसले पछि सबै दाँत टुक्राटुक्रा भएर झर्ने र पुरै निकाल्नु पर्नेसम्मको अवस्था आउँछ । त्यसैले खाने कुरा खाएपछि कुला गर्ने र ६ महिनाको फरकमा चिकित्सकलाई भेटेर आफ्नो दाँतको जाँच गराउनु पर्छ ।

बच्चालाई दूध खुवाएपछि थोरै पानी खुवाउने, कुला गराउने र ब्रस गराउने गर्नु पर्दछ । किनकि लिटो र दूध खुवाउँदा त्यो मुखमा रह्यो भने त्यसले दाँतको इनामेल खियाउँछ ।

कस्तो अवस्थामा दाँतमा सिमेन्ट भरेपछि पहिलाको जस्तै गरी काम गर्छ ?
सिमेन्ट भरेको दाँतले पहिलाको जस्तै शत प्रतिशत त गर्ला भन्न सकिँदैन । तर ९९ प्रतिशतको काम गर्दछ । अर्को इम्प्लान भनेको रोप्ने हो । भित्र जडान गर्ने हो । पहिलाको हाम्रो दाँतले जसरी काम गर्छ त्यसले पनि त्यसरी नै काम गर्दछ ।

दाँतको हेरचाह कसरी गर्ने ?
बिहान र बेलुका खाना खाएपछि दिनमा दुई पटक दाँत माझ्ने गर्नुपर्छ । सूर्तीजन्य वस्तुको सेवनले दीर्घकालीन रूपमा क्यान्सर समेत हुनसक्छ । त्यसैले यस्तो कुरा खानु हुँदैन । धेरै घोटेर ब्रस गर्दा, दाँतलाई खियाउँदै जान्छ र थोरै चिसो पर्दा पनि सिरीङ सिरीङ हुने हुन्छ । दाँतको चारै तिर गिजालाई पनि सफा गर्नुपर्छ । दैनिक नरम ब्रसको प्रयोग गर्नु दाँतको सुरक्षा हो । वर्षमा दुई पटक दन्त चिकित्सकलाई भेट्दा कुनै समस्या भए र शरीरमा अन्य रोगहरू लागे पनि पत्ता लाग्छ ।

दाँतको चारै तिर गिजालाई सफा गर्नुपर्छ । दैनिक नरम ब्रसको प्रयोग गर्नु दाँतको सुरक्षा हो । वर्षमा दुई पटक दन्त चिकित्सकलाई भेट्दा कुनै समस्या भए पत्ता लाग्छ।

समग्रमा मुख स्वास्थ्यको कसरी ख्याल राख्ने ?
समग्रमा मुख स्वास्थ्यको हेरचाहको लागि बिहान बेलुका खाना खाएपछि राम्ररी दाँतको सबै भाग सफा हुने गरी नरम ब्रसले दाँत माझ्ने गर्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउने बानीको विकास गर्नुपर्छ । हरियो सागपात वा फाइबर युक्त खानामा जोड दिनुपर्छ ।

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ०३ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको