लागूऔषधसहित ६ जना पक्राउ | Khabarhub Khabarhub

लागूऔषधसहित ६ जना पक्राउ


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका ३० पावरहाउसस्थित सडकबाट अवैध लागूऔषध गाँजा ४ केजीसहित धादिङ गजुरी गाउँपालिका ३ घर भएका २० वर्षीय विनोद विक पक्राउ परेका छन् ।

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा १ प १२९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार विकलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका ८ पशुपति बजारबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ १४ ग्राम ९ सय ७० मिलिग्रामसहित गुलरिया नगरपालिका ११ बस्ने ४२ वर्षीय कलिम अहमद मनिहार र ३५ वर्षीय अयोध्याप्रसाद धोबी पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे १ प ८३७१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, मोरङको विराटनगर महानगरपालिका ५ कोचाखाल बस्ने २८ वर्षीया लक्ष्मी कामत अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित पक्राउ परेकी छिन् । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनको घरबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उता कैलालीको लम्कीचुहा नगरपालिका ९ प्रतापपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय साजित चौधरी पक्राउ परेका छन् । प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यसैगरी, मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित चितवन रत्ननगर नगरपालिका ३ लौरीचोक बस्ने २० वर्षीया सरिता लामा आइतबार बिहान पक्राउ परेकी छिन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१००१ ख ३४११ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार लामालाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  २ : १४ बजे

चितवनमा रास्वपाको विस्तारित बैठक सुरु

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक चितवनमा

जर्मनीका राजदुतले भेटे स्वास्थ्यमन्त्री : जेनेरिक औषधिको गुणस्तरीय उत्पादनबारे छलफल  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतम र नेपालका

तोलामा ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं–  स्थानीय बजारमा शुक्रबार सुनको मूल्य केही बढेको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौं– स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय

वैकल्पिक राजनीतिक शक्तिका लागि संवादमा जुटे विप्लव, घनश्याम र जनार्दन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’