म्यान्मारको खानीमा पहिरो जाँदा १४ जनाको ज्यान गयो, ४ बेपत्ता « Khabarhub

म्यान्मारको खानीमा पहिरो जाँदा १४ जनाको ज्यान गयो, ४ बेपत्ता


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यङ्गुन– म्यान्मारमा बहुमूल्य पत्थर ‘जेड’ खानीमा गएको पहिरोमा परी १४ जनाको ज्यान गएको छ ।

भारी वर्षापछि म्यान्मारको कचिन राज्यको फकान्त क्षेत्रमा रहेको पत्थर खानीमा एकाएक पहिरो जाँदा १४ जनाको ज्यान गएको अधिकारीहरुले बताएका छन् ।

ज्यान जानेमा एकजना खानीको सुरक्षार्थ खटिएका प्रहरीसमेत रहेको जनाइएको छ ।

पहिरोमा अरु ४ जना बेपत्ता भएका छन् । २ प्रहरीसहित बेपत्ता भएकाहरुलाई पनि जीवितै उद्दार गर्न सकिने सम्भावना कम भएको अधिकारीहरुले बताएका छन् ।

म्यान्मारमा यस्ता खानीको सुरक्षा अवस्थालाई लिएर चिन्ता प्रकट हुने गरेका छन् । असुरक्षित खानीहरुलाई सुधार गर्न सरकारले बारम्बार कदम चालेपनि यो सफल हुन सकेको छैन ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  २ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका