विरगञ्ज युनाईटेडमाथि धनगढी एफसीको जित « Khabarhub

विरगञ्ज युनाईटेडमाथि धनगढी एफसीको जित


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले विरगञ्ज युनाईटेड एफसीलाई पराजित गरेको छ । आज दशरथ रंगशालामा भएको खेलमा धनगढीले विरगञ्जमाथि २–१ को जित निकालेको हो ।

खेलको दोस्रो मिनेटमा नै धनगढीका फोडे फोफानाले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी पाएको बिरगञ्जले गोल गर्दै खेलमा फर्किएको थियो ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा अहमद हिजाजी गोल निकाल्दै धनगढीको जित पक्का गरे । साविक उपविजेता धनगढीले जित सहित दोस्रो सिजनको सुरुवात गरेको छ ।

धनगढीले तालिकामा ३ अंक जोेडेको छ । एनएसएलको नवप्रवेशी टिम विरगञ्जले हारबाट सिजनको सुरुवात गरेको छ ।

 

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ५१ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।