अक्षय कुमारसँग किन काम गर्दैनन् शाहरुख ? « Khabarhub

अक्षय कुमारसँग किन काम गर्दैनन् शाहरुख ?


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शाहरुख खानलाई बलिउड बादशाह उपमाले पनि चिनिन्छ । यो त्यसै भनिएको होइन । उनको ‘चार्म’ बलिउडमा अन्य अभिनेताभन्दा फरक छ । उनको जन्मदिनमा उनको घरबाहिर आउने हजरौं समर्थकले पनि उनी बलिउडको किङ नै हुन् भन्ने पुष्टि हुन्छ । उनको रोमान्टिक ‘आइकोनिक’ पोज हेर्नकै लागि त्यो भिड उर्लन्छ ।

शाहरुखको बलिउडमा सबै अभिनेता र अभिनेतृसँग राम्रो सम्बन्ध छ । बलिउडमा उनको प्रतिस्पर्धीका रुपमा हेरिएका सलमान खानसँग सन् २००८ मा झगडा भए पनि अहिले सम्बन्ध राम्रो छ । दुवैले एक–अर्को फिल्ममा ‘गेस्ट अपिरेन्स’ दिँदै आएकाले पनि उनीहरुको सम्बन्ध राम्रो रहेको पुष्टि हुन्छ ।

बलिउडका बाबा सञ्जय दत्तसँग त उनको झनै राम्रो दोस्ती छ । दोस्तीको जड चाहिँ सञ्जयले शाहरुखलाई संघर्षको दिनमा दिएको बचन हो । दिल्लीमा जन्मेका शाहरुख फिल्मका काम गर्न मुम्बई जाँदा कठोर संर्घष गरिरहेको थिए । उनका त्यहाँ कोही थिएनन् । त्यही क्रममा एक व्यक्तिसँग झगडा पर्दा सञ्जयले शाहरुखलाई साथ दिएका थिए ।

शाहरुखले सञ्जयसँगको सम्बन्धको बारेमा एक कार्यक्रममा खुलासा गरेका थिए– संघर्षको दिनमा मुम्बईमा नयाँ नयाँ थिए । मेरो एक जनासँग झगडा भएको थियो । मलाई सहयोग गर्ने कोही थिएन । मैले दिल्लीलाई सम्झना गरिरहेको थिएँ, त्यो समयमा । मेरो साथ कोही थिएन तर एउटा व्यक्ति मेरो साथमा उसको जिप लिएर आएको थियो र भनेको थियो– कसैले छोयो भने मलाई भन्नू । त्यो व्यक्ति सञ्जय दत्त हो ।

सञ्जयको यही बचनलाई शाहरुख कहिल्यै भुल्दैन । यही बचनले शाहरुखले सञ्जयलाई ‘बडे भाइ’ अर्थात् दाइ भन्न रुचाउँछन् र आज ‘बलिउड किङ’ बनेर संसार भर चर्चा कमाउँदा सञ्जयको यो सहयोगको सम्झना गर्छन् । यसबारे सञ्जय भन्छन्, ‘मैले त्यो समयमा ठूलो कुरा केही गरेको थिइनँ । जे गरको थिएँ त्यो अझै शाहरुखले कुरा गरिरहन्छ त्यो उसको महानता हो ।’

अब प्रश्न उठ्छ यस्तो मिलनसार शाहरुख किन अक्षय कुमारसँग काम गर्दैनन् त ? शाहरुख र अक्षयले सन् १९९७ मा ‘दिल तो पागल है’मा काम गरेका थिए । दुवै बलिउडमा सक्रिय छन्, दुवैको स्टारडम शानदार छ र एक आपसमा दुश्मनी पनि छैन तर फिल्ममा भने उनीहरु सँगै देखिँदैनन् ।

के भन्छन् शाहरुख ?

बलिउड अभिनेतामा अक्षय कुमारको जीवनशैली उदाहरणीय मानिन्छ । उनी बिहान ४ बजे उठ्छन् र बेलुका ९ बजे सुत्न ओछ्यानमा जान्छन् । उनको दैनिक तालिका बलिउडका अन्य कलाकार कोहीसँग मेल खाँदैनन् ।

बलिउडमा अक्षयसँग काम गरेका सबैको एउटै गुनासो हुन्छ, ‘बिहान उठ्नु पर्ने भएकाले समस्या भयो ।’

हो यही कारणले शाहरुख र अक्षयको सहकार्य हुन नसकेको हो । शाहरुखले एक अन्तर्वार्तामा खुलासा गरेअनुसार निन्द्रा कारण अक्षयसँग उनले फिल्म नगरेका हुन् ।

शाहरुख भन्छन्, ‘जब मेरो दिन सुरु हुन्छ, अक्षयको रात परिसकेको हुन्छ ।’ यदि दुवैले एउटै फिल्ममा काम गर्ने अवस्था आए पनि सुटिङ सेटमा भेट नहुने शाहरुख बताउँछन् । उनी ठट्टा गर्दै थप्छन्, ‘जब म सुटिङ सेटमा जान्छु अक्षय सामान प्याक गरेर घर फर्किसकेको हुनेछ । ऊ जाँदै गर्दा म आइरहेको हुन्छु ।’

यद्यपि अक्षयसँग काम गर्न मन रहेको शाहरुख बताउँछन् । उनी थप्छन्, ‘मलाई उसँग स्क्रिनमा काम गर्न मन छ, तर हाम्रो लागि समय बाधक बन्छ ।’

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : १९ बजे

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय

सडकपेटीमा व्यापार नगर्न नगरपालिकाको निर्देशन

गाईघाट– सदरमुकाम गाईघाट बजारका मुख्य सडकपेटीहरुमा व्यापार व्यवसाय गर्न त्रियुगा

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी