उत्तर कोरियाद्वारा नियन्त्रणमा लिएको रुसी डुङ्गा रिहा « Khabarhub

उत्तर कोरियाद्वारा नियन्त्रणमा लिएको रुसी डुङ्गा रिहा


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भ्लादिभोस्तोक– उत्तर कोरियाले नियन्त्रणमा लिएको माछा मार्ने डुङ्गा रिहा गरेको छ ।

उत्तर कोरियाली जलक्षेत्रमा प्रवेश गरेपछि उत्तर कोरियाली तटरक्षकले रुसी माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएका थिए ।

शनिबार उत्तर कोरियाले उक्त डुङ्गालाई छाडिदिएको रुसी अधिकारीले जनाएका छन् ।

उत्तर कोरियाको राजधानी प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ रुसी तथा २ दक्षिण कोरियाली नागरिक सवार थिए ।

रुसको नर्थ–इस्टर्न फिसिङ कम्पनीको सियाङ हाई लीन ८ नाम दिइएको उक्त डुङ्गा शनिबार साँझपख उत्तर कोरियाको पूर्वी बन्दरगाह शहर वोनसानबाट रुसतर्फ प्रस्थान गरेको रुसी राजदूतावासले जनाएको छ ।

गत जुलाई १७ मा रसियन नर्थ–इस्टर्न फिसिङ कम्पनीको उक्त डुङ्गालाई उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

उक्त डुङ्गा दक्षिण कोरियाबाट जापानी समुद्रमा गंगटा मार्दै उत्तरतर्फ गएको थियो । अधिकारीहरुका अनुसार डुङ्गा उत्तर कोरियाली सीमाबाट करिब एक सय मिटर टाढा रहेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : १४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच