उत्तर कोरियाद्वारा नियन्त्रणमा लिएको रुसी डुङ्गा रिहा « Khabarhub

उत्तर कोरियाद्वारा नियन्त्रणमा लिएको रुसी डुङ्गा रिहा


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भ्लादिभोस्तोक– उत्तर कोरियाले नियन्त्रणमा लिएको माछा मार्ने डुङ्गा रिहा गरेको छ ।

उत्तर कोरियाली जलक्षेत्रमा प्रवेश गरेपछि उत्तर कोरियाली तटरक्षकले रुसी माछा मार्ने डुङ्गा नियन्त्रणमा लिएका थिए ।

शनिबार उत्तर कोरियाले उक्त डुङ्गालाई छाडिदिएको रुसी अधिकारीले जनाएका छन् ।

उत्तर कोरियाको राजधानी प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ रुसी तथा २ दक्षिण कोरियाली नागरिक सवार थिए ।

रुसको नर्थ–इस्टर्न फिसिङ कम्पनीको सियाङ हाई लीन ८ नाम दिइएको उक्त डुङ्गा शनिबार साँझपख उत्तर कोरियाको पूर्वी बन्दरगाह शहर वोनसानबाट रुसतर्फ प्रस्थान गरेको रुसी राजदूतावासले जनाएको छ ।

गत जुलाई १७ मा रसियन नर्थ–इस्टर्न फिसिङ कम्पनीको उक्त डुङ्गालाई उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।

उक्त डुङ्गा दक्षिण कोरियाबाट जापानी समुद्रमा गंगटा मार्दै उत्तरतर्फ गएको थियो । अधिकारीहरुका अनुसार डुङ्गा उत्तर कोरियाली सीमाबाट करिब एक सय मिटर टाढा रहेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ३ : १४ बजे

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका