राजावादीको मोर्चा बनाउन कमल थापाको आह्वान « Khabarhub

राजावादीको मोर्चा बनाउन कमल थापाको आह्वान


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजावादी दल र समूह सम्मिलित मोर्चा गठनको प्रस्ताव गरेका छन् ।

सोमबार बिहान काठमाडौंमा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले सबै राजावादी दल र समूहलाई  एक ठाउँमा ल्याउनका लागि मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

‘राजसंस्था चाहने दलहरूबीच तत्काल पार्टी एकता सम्भव नदेखिएकाले संयुक्त मोर्चा बनाएर सहकार्य गरौँ भन्ने अध्यक्षज्यूको प्रस्ताव छ,’ कमल थापाको भनाइ उदृत गर्दै स्रोतले खबरहब सँग भन्यो ।

स्रोतका अनुसार थापाले आजै विज्ञप्तिमार्फत मोर्चा गठनको औपचारिक आह्वान गर्ने तयारी छ ।

नेपालमा राजतन्त्र फर्काउनु पर्छ भन्ने मान्यता राख्ने दलहरूको नेतृत्व राजेन्द्र लिङदेन, कमल थापा, केशरबहादुर विष्ट लगायतले गरिरहेका छन् भने दुर्गा प्रसाई‌ समूह बनाएर आन्दोलनमा लागेका छन् ।

राजावादीहरूले एक अर्कालाई नस्वीकार्ने र आपसमा मिल्न नसक्ने देखेपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई मोर्चाको नेतृत्वका लागि आग्रह गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ९ : २९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा