कोमल वलीकी आमाको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना | Khabarhub Khabarhub

कोमल वलीकी आमाको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायिका तथा नेकपा एमालेकी नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् ।

अक्षय कोषबाट दाङ जिल्लाका थारु समुदाय र दलित समुदायका छात्राहरुलाई पढ्न छात्रवृत्ति प्रदान गरिने वलीले बताइन् । ‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूर्ण खर्च यो ट्रष्टले व्यहोर्ने छ,’ वलीको भनाइ छ ।

‘आमाले पढ्न पाउनु भएन,’ उनले भनिन्, ‘स्कुल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरुले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैं पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’ आमाले सबैका छोरी पढ्नु पर्छ भन्ने गरेको र उनैको नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वन्चित छोरीहरुलाई सहयोग गर्ने विश्वास आफूले लिएको वलीले बताइन् ।

त्यस्तै, वली परिवारले वर्षेनी आमाको स्मृति दिवसको अवसर पारेर एक जना महिला नेतृलाई सम्मान गर्ने पनि घोषणा गरेको छ । राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’ बाट सम्मान गरिने कोमल वलीले बताइन् ।

आफ्नी आमा पञ्चायतकालीन समयमा नै महिला संघमा सक्रिय रहेर नगर उपाध्यक्षसम्म बनेर काम गरेको स्मरण गर्दै वलीले भनिन्, ‘आमा राजनीतिमा महिलाको सहभागिता हुनुपर्छ, त्यसले परिवार र समाज दुवैलाई उन्नत बनाउन र चेतना फैलाउन सहयोग गर्छ भन्नुहुन्थ्यो । उहाँकै यही विश्वासलाई आधार बनाएर हामीले यो सम्मान वर्षेनी दिने योजना बनाएका हौँ ।’

दीपा वली र उनका श्रीमान ललित वलीको नाममा स्थापित दीपा–ललित ट्रष्टले छात्रवृत्ति र सम्मानको कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयन गर्ने र पहिलो वार्षिकीमा यो वितरण गरिने पनि वलीले जानकारी दिएकी छिन् ।

कोमल वलीको चर्चित गीत ‘मलमल किरी जुनकिरी’ लगायत २ दर्जनभन्दा बढी गीतकी रचनाकारसमेत रहेकी दीपा वलीको मंसिर २ गते काठमाडौंमा निधन भएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : ०८ बजे

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’

स्थानीयको अवरोध हटाएर चितवन देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालन

काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा

सरकारलाई पूर्णता दिएर एकसाता भित्रै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री कार्की 

काठमाडौं–  कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  एक साताभित्र विश्वासको

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि तीन सय

कर्णालीका ५७४ टुक्रे योजना अलपत्र

सुर्खेत– चालू आर्थिक वर्षमा बजेट थपेर कार्यान्वन गर्ने भनिएको ५७४