विनियोजन विधेयकमाथि छलफल सुरु « Khabarhub

विनियोजन विधेयकमाथि छलफल सुरु


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश प्रदेशसभामा आजदेखि ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ माथि छलफल सुरु भएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले प्रस्तुत गरेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत पारित भएपछि विधेयकमाथिको छलफल सुरु भएको थियो ।

छलफलमा कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारी, खिनु लङ्वा लिम्बू, नारायणबहादुर मगर, विदुरकुमार लिंथेप, सिर्जना राई, कमला दर्नाल, रमेशकुमार बस्नेत, तिलचन पाठक, छविलाल चूँडाल, पाँचकर्ण राई, गीतादेवी रेग्मी, राधाकृष्ण खनाल र जयप्रकाश चौधरीले धारणा राखेका थिए ।

बैठकमा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम ९४ (१) (ख) बमोजिम ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ संशोधनसहित दफाबार छलफलका लागि सुशासन तथा योजना समितिमा पठाइएको सभाध्यक्ष हाजी इसराइल मन्सुरीले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : १९ बजे

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।

भक्तपुर जिल्लाव्यापी बुद्धिचाल प्रतियोगिता सुरु

भक्तपुर- भक्तपुर जिल्लाव्यापी सूर्यविनायक बुद्धिचाल (चेस) प्रतियोगिता आजदेखि सूर्यविनायकमा सुरु

बीस स्रष्टासँगको अन्तर्वार्तामा आधारित ‘प्राज्ञिक संलाप’ पुस्तकमाथि परिचर्चा

काठमाडौं- नेपाली साहित्यका विभिन्न विधामा स्थापित २० जना स्रष्टासँग गरिएको

अमेरिकी र क्युबाली सैन्य अधिकारीबीच छलफल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबासम्बन्धी आफ्नो नीति अघि