प्रदेश सरकारले महिलालाई उद्यमी बनाउँछ : मुख्यमन्त्री कार्की « Khabarhub

प्रदेश सरकारले महिलालाई उद्यमी बनाउँछ : मुख्यमन्त्री कार्की


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने बताएका छन् । मानव अधिकार रक्षक सञ्जाल कोशीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय ‘महिलावादी मञ्च–२०८०’ सम्मेलनको उद्घाटन गर्दै उनले महिलालाई तालिम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको बताए ।

मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिमा पनि सरकार जनताको पक्षमा काम गर्ने बताए । फरक प्रङ्गमा उनले आफूले जनताको पक्षमा काम गरिरहेकाले तत्काल पदबाट नहटने बताए । सरकार प्रदेशको मानवीय सूचकाङ्क बढाउने कार्यमा लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्य गरिने बताए ।

सरकारले बाटो, सामुदायिक भवनलगायत क्षेत्रमा बजेट कटौती हसन नदिने प्रष्ट पारे । मुख्यमन्त्री कार्कीले विभेदरहित समाज निर्माण गर्न महिला अगाडि आउनुपर्नेमा जोड दिँदै यस कार्यमा सरकार साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरे । नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले महिलामाथि हुने घरेलु हिंसा तथा अन्य कुरीतिविरुद्ध एकजुट भएकर लड्ने प्रतिबद्धता व्यक्त गरे ।

महिला राष्ट्रिय सञ्जालकी संस्थापक अध्यक्ष डा रेणु अधिकारीले लोकतान्त्रिक पद्धतिमा महिलाको आवाज तीनै तहको सरकारले सुन्नुपर्नेमा जोड दिइन् । सञ्जालकी प्रदेश अध्यक्ष मन्जिता उपाध्याय, प्रदेशसभा सदस्य मिना श्रेष्ठ, महिला मानव अधिकार रक्षक मोरङकी अध्यक्ष इन्दु चौधरीलगायतले महिलामाथि हुने असमानता एवं अपमानको विरोधमा महिला आफैँ अगाडि आउनुपर्ने बताएका थिए ।

दुईदिने सम्मेलनमा प्रदेशसभाका महिला सदस्य, प्रदेशअन्तर्गतका जिल्लाका उपप्रमुख, सञ्जालका प्रतिनिधि, मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ५ : ३३ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र