आगामी ३० वर्षमा दक्षिण कोरियामा युवाहरुको सङ्ख्या आधाले घट्ने | Khabarhub Khabarhub

आगामी ३० वर्षमा दक्षिण कोरियामा युवाहरुको सङ्ख्या आधाले घट्ने


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

सोल- जनसङ्ख्या सङ्कटको सामना गरिरहेको दक्षिण कोरियामा आगामी ३० वर्षमा युवाहरुको सङ्ख्या आधा हुने एक प्रतिवेदनले देखाएको छ । तीव्र रूपमा बढिरहेको बढ्दो उमेरको जनसङ्ख्या र कीर्तिमानी रूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको सङ्ख्या आधा हुने अपेक्षा गरिएको मुलुकको तथ्याङ्क निकायले सोमबार बताएको हो ।

तथ्याङ्क कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको सङ्ख्या कूल जनसङ्ख्याको २० दशलमव चार प्रतिशत अर्थात एक करोड दुई लाख १३ हजार थियो । यो उमेर समूहको सङ्ख्या सन् १९९० मा एक करोड ३८ लाख ४९ हजारबाट सन् २००० मा एक करोड २८ लाख ८३ हजार र सन् २०१० मा एक करोड नौ लाख ६७ हजार भएपछि सन् २०५० मा यो सङ्ख्या घटेर ५२ लाख १३ हजार हुने अनुमान गरिएको छ ।

सन् २०५० मा कूल जनसङ्ख्यामा युवाहरूको प्रतिशत घटेर ११ प्रतिशत हुने अनुमान गरिएको छ । कूल प्रजनन दर अर्थात एक महिलाद्वारा उनको जीवनकालमा जन्माउने शिशुको औसत सङ्ख्या तीव्ररूपमा बढ्दो जनसङ्ख्याका बीच सन् २०२२ मा शून्य दशमलव ७८ को न्यूनस्तरमा पुगेको छ । कूल युवा जनसङ्ख्यामा अविवाहित युवाहरूको प्रतिशत पाँच वर्षअघिको ७५ प्रतिशतबाट बढेर सन् २०२० मा ८१ दशमलव पाँच प्रतिशत भएको छ ।

यो आँकडा सन् २००० मा ५४ दशमलव पाँच प्रतिशतबाट तीव्ररूपमा बढेर सन् २००५ मा ६३ दशमलव दुई प्रतिशत र सन् २०१० मा ६८ दशमलव नौ प्रतिशत भएको छ । कूल युवा महिलाहरूमा आर्थिक रूपमा सक्रिय युवा महिलाहरूको अनुपात सन् २००० मा ४२ दशमलव तीन प्रतिशतबाट बढेर सन् २०१० मा ५५ दशमलव दुई प्रतिशत र सन् २०२० मा ६१ दशमलव एक प्रतिशत भएको छ । आर्थिक रूपमा सक्रिय युवा पुरुषहरूको प्रतिशत सन् २००० मा ६६ प्रतिशतबाट घटेर सन् २०१० मा ६४ दशमलव सात प्रतिशत र सन् २०२० मा ६३ दशमलव नौ प्रतिशतमा झरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : २८ बजे

पाकिस्तानको दक्षिणपश्चिम क्षेत्रबाट पाँच जना प्रहरी अपहरण

क्वेटा – पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले

आईपीएल: लखनउलाई पञ्जाबले दियो २३७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा पञ्जाब किंग्सले

कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच

तनहुँ – तनहुँ ८० जना कुमाल समुदायले पाउदुरे नाच सिकेका

एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहितका नेता एमालेमा फर्किए

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अब्दुल खान लगायतका

‘ऊनको स्वीटर’ : ट्रेलरमा ‘जारी’को झल्को, विपिन भन्छन्– करिअरको उत्कृष्ट फिल्म

काठमाडौं – म्युजिक भिडियो निर्देशनमा स्थापित नवीन चौहानले आफ्नो परिचयन