राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा जम्बो टोली अष्ट्रेलियामा « Khabarhub

राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा जम्बो टोली अष्ट्रेलियामा


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा प्रदेशका सभामुख र उपसभामुखसमेत संलग्न रहेको १५ सदस्यीय टोली सोमबार अष्ट्रेलिया पुगेको छ । भ्रमण टोलीमा अध्यक्ष तिमल्सिनाले आफ्ना भाइ र निजी सचिवलाई समेत संलग्न गराएका छन् । अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार नेपाली टोलीलाई स्वागत गरेका छन् ।

भ्रमण टोलीमा राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासहित सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, कर्णालीकी सभामुख नन्दा गुरुङ र गण्डकीका सभामुख कृष्ण प्रसाद धिताल छन् ।

त्यसैगरी कोशी प्रदेशभाकी उपसभामुख सिर्जना दनुवार, मधेसकी उपभामुख बबिताकुमारी राउत, बागमती उपसभामुख अप्सरा चापागाई र लुम्बिनी उपसभामुख मेनुका खाण केसी पनि अष्ट्रेलिया भ्रमणमा छन् ।

भ्रमण टोलीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना पनि छन् । पुष्पराज गणेशप्रसादका सहोदर भाइ हुन् ।

भ्रमण टोलीमा संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र अध्यक्ष गणशप्रसादकी स्वकीय सचिव ऋचा पोखरेलसमेत छन् ।

सिड्नी, क्यानबेरा र मेलबर्न घुम्ने लक्ष लिएको टोली मंसिर ११ देखि १५ सम्म अष्ट्रेलियामा रहनेछ ।

युएनडीपीसँगको सहकार्यमा आयोजित संसद सहयोग परियोजना अन्तर्गत यो भ्रमणको आयोजना गरिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

नेपाली भ्रमण टोलीलाई दूतावासले बुधबार क्यानबेरामा रात्रिभोजको समेत आयोजना गरेको स्रोतले खबरहबलाई बतायो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : २६ बजे

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको