राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा जम्बो टोली अष्ट्रेलियामा « Khabarhub

राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा जम्बो टोली अष्ट्रेलियामा


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा प्रदेशका सभामुख र उपसभामुखसमेत संलग्न रहेको १५ सदस्यीय टोली सोमबार अष्ट्रेलिया पुगेको छ । भ्रमण टोलीमा अध्यक्ष तिमल्सिनाले आफ्ना भाइ र निजी सचिवलाई समेत संलग्न गराएका छन् । अष्ट्रेलियाको सिड्नीमा नेपाली राजदूत कैलाशराज पोखरेलले सोमबार नेपाली टोलीलाई स्वागत गरेका छन् ।

भ्रमण टोलीमा राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनासहित सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारी, कर्णालीकी सभामुख नन्दा गुरुङ र गण्डकीका सभामुख कृष्ण प्रसाद धिताल छन् ।

त्यसैगरी कोशी प्रदेशभाकी उपसभामुख सिर्जना दनुवार, मधेसकी उपभामुख बबिताकुमारी राउत, बागमती उपसभामुख अप्सरा चापागाई र लुम्बिनी उपसभामुख मेनुका खाण केसी पनि अष्ट्रेलिया भ्रमणमा छन् ।

भ्रमण टोलीमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्पराज तिमिल्सिना पनि छन् । पुष्पराज गणेशप्रसादका सहोदर भाइ हुन् ।

भ्रमण टोलीमा संसद सचिवालयका प्रमुख पुस्तकालय अधिकृत कमलादेवी शर्मा र अध्यक्ष गणशप्रसादकी स्वकीय सचिव ऋचा पोखरेलसमेत छन् ।

सिड्नी, क्यानबेरा र मेलबर्न घुम्ने लक्ष लिएको टोली मंसिर ११ देखि १५ सम्म अष्ट्रेलियामा रहनेछ ।

युएनडीपीसँगको सहकार्यमा आयोजित संसद सहयोग परियोजना अन्तर्गत यो भ्रमणको आयोजना गरिएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रेस विज्ञप्ति मार्फत जनाएका छन् ।

नेपाली भ्रमण टोलीलाई दूतावासले बुधबार क्यानबेरामा रात्रिभोजको समेत आयोजना गरेको स्रोतले खबरहबलाई बतायो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : २६ बजे

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

नारायणगढ – भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस

इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इन्फ्लुएन्जा (फ्लू)बाट बच्न आग्रह गरेको

पुटिन-ट्रम्प प्रतिनिधिमण्डल वार्तामा ‘युद्ध अन्त्यको संकेत’

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति प्रस्तावका विषयमा मस्कोमा

चार वर्षपछि भारत आउँदै पुटिन, हुँदैछन् यी ९ ठूला सम्झौता

नयाँदिल्ली- पाकिस्तानी जेट खसाल्ने रूसी एस-४०० भारतले थप किन्न सक्छ,

पोखराले लियो काठमाडौंको ३ विकेट 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको