इलाम बजारमा खानेपानी आपूर्तिमा समस्या « Khabarhub

इलाम बजारमा खानेपानी आपूर्तिमा समस्या


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम बजारमा खानेपानी आपूर्तिमा समस्या आएको छ । सडक निर्माण गर्दा खानेपानी आपूर्तिमा समस्या आएको हो ।  केचना कञ्चनजङ्गा सडकअन्तर्गत सन्दकपुर गाउँपालिकाको कोइराले क्षेत्रमा सडक विस्तार गर्दा खानेपानीको पाइपलाइन बिग्रिएपछि इलाम नगरपालिमा खानेपानी आपूर्ति बन्द भएको हो ।

नगरपालिकामा गिताङ खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । इलाम नगरपालिका प्रमुख केदार थापाले सडक खन्दा समन्वय नभएका कारण खानेपानी आपूर्तिमा समस्या आएको भन्दै सङ्घीय तथा प्रदेश खानेपानी कर्यालय, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयसँग छलफल गरेका छन् ।

खानेपानी आपूर्ति बन्द भएपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलीय बैठकमार्फत सडकमा रहेको अवरोध हटाउने र निर्माणलाई निरन्तर दिएर खानेपानी आपूर्तिलाई सहज तुल्याउन लागिपरेका छन् ।

डिभिजन सडक कार्यालय प्रमुख सरला न्यौपानेले उक्त क्षेत्रको निरीक्षण गरी खानेपानी आपूर्तिका लागि पाइपलाइन क्षेत्रको सडक निर्माणलाई पहिलो प्राथमिकता दिने र खानेपानी आपूर्तिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ५३ बजे

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको

पाल्पामा विपद्जन्य घटनाबाट १०२ जनाको मृत्यु, ३७ करोडभन्दा बढीको क्षति

पाल्पा– पाल्पामा पछिल्लो १० वर्षमा विपद्जन्य घटनामा परी १०२ जनाको मृत्यु

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च