इलाम बजारमा खानेपानी आपूर्तिमा समस्या « Khabarhub

इलाम बजारमा खानेपानी आपूर्तिमा समस्या


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम बजारमा खानेपानी आपूर्तिमा समस्या आएको छ । सडक निर्माण गर्दा खानेपानी आपूर्तिमा समस्या आएको हो ।  केचना कञ्चनजङ्गा सडकअन्तर्गत सन्दकपुर गाउँपालिकाको कोइराले क्षेत्रमा सडक विस्तार गर्दा खानेपानीको पाइपलाइन बिग्रिएपछि इलाम नगरपालिमा खानेपानी आपूर्ति बन्द भएको हो ।

नगरपालिकामा गिताङ खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । इलाम नगरपालिका प्रमुख केदार थापाले सडक खन्दा समन्वय नभएका कारण खानेपानी आपूर्तिमा समस्या आएको भन्दै सङ्घीय तथा प्रदेश खानेपानी कर्यालय, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयसँग छलफल गरेका छन् ।

खानेपानी आपूर्ति बन्द भएपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलीय बैठकमार्फत सडकमा रहेको अवरोध हटाउने र निर्माणलाई निरन्तर दिएर खानेपानी आपूर्तिलाई सहज तुल्याउन लागिपरेका छन् ।

डिभिजन सडक कार्यालय प्रमुख सरला न्यौपानेले उक्त क्षेत्रको निरीक्षण गरी खानेपानी आपूर्तिका लागि पाइपलाइन क्षेत्रको सडक निर्माणलाई पहिलो प्राथमिकता दिने र खानेपानी आपूर्तिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ६ : ५३ बजे

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा

एमालेद्वारा बालेन सरकारको १०० दिनको समीक्षा : काम फितलो र योजनाहरू विवादास्पद

काठमाडौं– नेकपा (एमाले)ले वालेन्द्र शाह नेतृत्वको सरकारको एक सय दिन

बैतडीमा यात्रुवाहक बस दुर्घटना : १७ जना घाइते

दशरथचन्द– बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका

सुशासन र नागरिक सेवाका हिसाबले सरकारका सय दिन सफल : रवि

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार मेला

काठमाडौं– सीप अवसर र रोजगारी भन्ने नाराका साथ पोखरामा रोजगार