डिभिजन वन कार्यालय चितवनले थाल्यो भूकम्प प्रभावित बसेको बस्ती हटाउने प्रक्रिया « Khabarhub

डिभिजन वन कार्यालय चितवनले थाल्यो भूकम्प प्रभावित बसेको बस्ती हटाउने प्रक्रिया


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

भरतपुर- डिभिजन वन कार्यालय चितवनले विसं २०७२ को भूकम्पमा परी घरगोठ क्षति भइ तत्कालीन समयमा पुनःस्थापना गरिएका भूकम्प प्रभावितलाई हटाउने प्रक्रिया सुरु गरेको छ ।

कार्यालयले गत कात्तिक २१ गते सूचना प्रकाशन गरी अतिक्रमित वन क्षेत्र खाली गर्नका लागि प्रभावितलाई अनुरोध गरेको थियो । तत्कालीन दाहाखानी गाउँ विकास समिति हालको इच्छाकामना गाउँपालिका–६ कुयलघारीका एक सय २७ घरपरिवारलाई तत्कालीन दाहाखानी गाउँ विकास समिति वडा नम्बर ८ हालको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा रहेको कबुलियती वन क्षेत्रमा स्थानान्तरण गरिएको थियो । तत्कालीन समयमा छ महिना रहने गरी जिल्ला प्रशासन कार्यालय चितवनको चलानी नम्बर चार सय ३८ को पत्रबाट व्यवस्थापन गरिएकोमा हालसम्म पनि प्रभावित सोही स्थानमा रहेका छन् ।

सोही स्थानमा पक्की घर निर्माण गर्ने, टहरा बनाउने, वन अतिक्रमण गर्ने, खेतीबाली लगाउने जस्ता कार्य भएको हुँदा हटाउन लागिएको कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

उनले भने, “वन तथा वातावरण मन्त्रालय बागमती प्रदेश मकवानपुरले उक्त वन क्षेत्र खाली गराई मन्त्रालयलाई जानकारी गराउनु भनी परिपत्र गरेको हुँदा वन ऐन २०७६ को दफा १२ मा भएको व्यवस्था र वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन रणनीति २०६८ मा भएको व्यवस्था बमोजिम सो वन क्षेत्र खाली गर्न लागिएको हो ।”

अहिले कतिपय पुरानै स्थानमा र कतिपय अन्यत्र गइसकेको र बाँकी रहेका ४५ परिवारलाई हटाउन लागिएको उनले जानकारी दिए । सो क्षेत्रमा रहेका पाँच वटा कबुलियती वनमा उनीहरुलाई तत्कालका लागि राखिएको खनालले बताए । उनले भने, “सूचना जारी गरिसकेका छौँ । अब अतिक्रमण नियन्त्रण रणनीतिअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित सरोकारवालासँग छलफल गरी सो क्षेत्र खाली गराइने छ ।”

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ०५ बजे

राजुनाथ भन्छन् : बालेन्द्रबाहेक अरू कोही प्रधानमन्त्री हुनै सक्दैनन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले वरिष्ठ

विपद् व्यवस्थापनमा स्थानीय तहलाई बलियो बनाउन आग्रह

काठमाडौं– गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले विपद् व्यवस्थापनमा स्थानीय तहलाई

समानुपातिकको गणना अन्तिम चरणमा, रास्वपाको मत प्रतिशत घट्यो, एक सिट कांग्रेसतर्फ थपियो

काठमाडौं- समानुपातिक मत प्रणालीतर्फ निर्वाचन आयोगले मंगलबार साँझसम्म सार्वजनिक गरेको

ट्रक बिग्रिएपछि पृथ्वी राजमार्ग ठप्प, गाडीको लामो जाम (तस्बिरहरू)

काठमाडौं– धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ