प्रहरीलाई प्रविधिमैत्री तुल्याउन बागमती प्रदेश सरकार लागिरहेको छ : कानुनमन्त्री श्रेष्ठ « Khabarhub

प्रहरीलाई प्रविधिमैत्री तुल्याउन बागमती प्रदेश सरकार लागिरहेको छ : कानुनमन्त्री श्रेष्ठ


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धुलिखेल- बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रहरीलाई प्रविधिमैत्री तुल्याउन प्रदेश सरकार लागिरहेको बताएका छन् । बागमती प्रदेशस्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठीको आज समापन गर्दै मन्त्री श्रेष्ठले उपलब्ध  जनशक्तिलाई प्राविधिक रूपमा दक्ष बनाएर अगाडि बढ्न आवश्यक रहेको बताए ।

शान्तिसुरक्षा तथा अपराध अनुसन्धानका लागि प्रहरी जनशक्तिहरू खटाइरहेको भए पनि साइबर क्षेत्रमा देखिएका अपराध नियन्त्रण गर्न कठिन भइरहेका अवस्थामा प्रहरीले प्रविधिसँग काम गर्न सक्ने जनशक्ति पर्याप्त उत्पादन गर्न सरकार लागिपरेको मन्त्री श्रेष्ठले बताए ।

“अनुसन्धानको विषयमा प्रवेश गर्नुअघि सकेसम्म अपराध नै हुन नदिने वातावरण बनाउनु सबैको कर्तव्य हुन आउँछ, अपराध भइहाले पनि कम मात्रामा हुनेतर्फ सचेत रहने उपाय सबैले अवलम्बन गर्नुपर्छ”, मन्त्री श्रेष्ठले भने ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले आइतबार शुभारम्भ गरेको कार्यक्रममा बागमती प्रदेशका दश जिल्लाका प्रहरी अनुसन्धान अधिकृतहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ७ : ५५ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र