सलमान खानका लफडा | Khabarhub Khabarhub

सलमान खानका लफडा


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सलमान खान बलिउडका सफल नायक हुन् । बलिउडमा उनीसँगको दुश्मनीले धेरैको ‘करिअर’ मा धक्का लागेको छ । सलमान झगडाका कारण ‘कन्ट्रोभर्सी’ मा आइरहने नायक पनि हुन् ।

५७ वर्षीय अविवाहित सलमानसँग बलिउडका धेरै कलाकार डर मान्छन् । कडा स्वभावका उनी कति बेला रिसाउँछन् र माहोल बिग्रन्छ भन्ने डर मनमा रहिरहने उनीसँग काम गरेका कलाकारको अनुभव छ ।

सलमान रिसाउनुको प्रमुख कारण हो– बिहेको प्रश्न । बलिउडका निर्देशक तथा निर्माता करण जोहरले समेत एक अन्तरवार्तामा भनेका थिए– मलाई सलमानसँग प्रश्न गर्न डर लाग्छ ।

बिहेको प्रश्न, गर्लफ्रेन्ड र विभिन्न कारणले सलमानको अरुसँग झगडा हुने गरेको छ । केहीसँग उनको सम्बन्ध अझै बिग्रिरहेको छ भने केहीसँग सुधार भएको छ ।

विवेक ओबरोयसँगको लफडा

सलमानको बलिउडमा ठूलो दुश्मन कोही छ भने त्यो विवेक ओबरोय हुन् । उनीहरुको दुश्मनी सन् २००३ देखि ऐश्वर्या रायका कारण सुरु भएको हो ।

त्यसबेला सलमान र ऐश्वर्या प्रेम सम्बन्धमा थिए । सोही समयमा ऐश्वर्या र विवेकले ‘डेट’ गरिरहेको हल्ला फैलिएको थियो । यही विषयमा सलमानले विवेकलाई फोन गरेर धम्की दिएका थिए ।

सलमानले दिएको धम्कीबारे विवेकले मिडियालाई जानकारी दिएपछि उनीहरुको सम्बन्ध झन् बिग्रियो । सलमानले विवेकसँग काम पनि गरेनन् । अन्य फिल्म निर्माताले पनि विवेकलाई फिल्म दिन कम गरे ।

यो लफडापछि ऐश्वर्या र सलमानको सम्बन्ध झन् बिग्रियो । उनलै छोडेको कारण सलमानले अहिलेसम्म बिहे नगरेको भन्ने चर्चा बलिउडमा छ । तर, सलमानलाई यसबारे सोध्ने हिम्मत कसैले गरेका छैनन् ।

यता, यही लफडाले विवेकका लागि पनि महँगो पर्‍यो । काम कम पाएपछि उनको ‘करिअर’ संकटमा पर्‍यो । विवेकले पनि यही कारणलाई आफ्नो ‘एक्टिङ करिअर’ कलाअनुसारको उचाइमा पुर्‍याउन नसेकको भन्ने गरिन्छ ।

झगडाको दशकपछि सलमानले ‘आप कि अदालत’ मा भनेका थिए– मलाई उसको अनुहारसमेत हेर्न मन छैन ।

शाहरुखसँग बोलचाल बन्द

सलमान र शाहरुख खानबीच सन् २००८ मा ऐश्वर्याकै ‘बर्थ डे पार्टी’ मा झगडा भएको थियो । यो झगडाले उनीहरुको झन्डै ६ वर्ष बोलचाल समेत बन्द भयो । तर यी दुई नायकले दुश्मनीलाई अन्त्य गर्दै २०१४ मा अंकमाल गरे ।

अहिले यी दुवै नायक त्यो घटनाबारे खुलेर बोल्छन् । उनीहरुका अनुसार झगडाको कारण थियो– बिहे ।

सलमानका अनुसार शाहरुखले घुमाउरो पारामा त्यस पार्टीमा बिहे गर भनेपछि सलमान रिसाएका थिए । उनीहरुले यो झगडाले बलिउडमा ठूलो स्थान पायो । अझै पनि यी दुई नायक एकै स्थानमा हुँदा झगडाबारे सवाल उठ्ने गर्छ ।

शाहरुखसँग बोलचाल नहुँदाको समय स्मरण गर्दै सलमान भन्छन्– हाम्रो दुश्मनीबाट फिल्म क्षेत्रका धेरैले फाइदा लिन खोजेका थिए ।

अरु लफडाहरु

यसबाहेक पनि सलमानको अन्य ‘स्टार’ सँग सम्बन्ध चिसिएको थियो । सलमानसँग छुट्टिएर रणवीर कपुरसँग कट्रिना कैफले ‘डेट’ गरेपछि यी दुई नायकबीच झगडा भएको बलिउडमा चर्चा समेत हुने गरेको थियो ।

सलमानले पनि रणवीरसँग केही विषयमा विवाद भएको स्वीकार गरेका छन् । तर यो झगडाले भने लामो समय स्थान पाएन । लगत्तै यी दुई ‘स्टार’ को सम्बन्धमा सुधार आयो ।

त्यस्तै, गायक अरिजित सिहंसँग पनि उनको लफडाले बलिउडमा चर्चा कमाएको थियो । उनीहरुको दुश्मनी अवार्ड ‘शो’ बाट सुरु भएको हो । २०१४ मा सलमानले अवार्ड शो होस्ट गरेका थिए । सरल जीवनशैली रुचाउने अरिजित चप्पल लगाएर अवार्ड लिन मञ्चमा पुगेका थिए ।

अवार्ड पाउँदा पनि अरिजितको मुहारमा खुशी थिएन । उनलाई सलमानले सोधेका थिए– सुतिरहेको थियौ कि के हो ?

अर्जितले जवाफ फर्काए– तिमीहरुले सुताइदियौ ।

यसको अर्थ सलमानले आफूले होस्टिङमा कमजोरी भयो भन्ने बुझे र अरिजितलाई आफ्नो फिल्म सुल्तान र बजरंगी भाइजानबाट हटाए । जसको कारण अरिजितले बलिउडमा कम काम पाउन लागे । गायनमा प्रखर अरिजितले कम काम पाउनुको कारण सलमान नै हुन् भन्ने धेरैको बुझाइ छ ।

अहिले उनीहरुको सम्बन्धमा सुधार आइसकेको छ । सलमानको भर्खरै प्रदर्शनमा आएको टाइगर ३ मा अरिजितले काम गरेका छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  २ : १४ बजे

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले