‘पच्चीस पच्चीस’को छायांकन सुरु, ४० दिनमा फिल्म तयार पार्ने लक्ष्य « Khabarhub

‘पच्चीस पच्चीस’को छायांकन सुरु, ४० दिनमा फिल्म तयार पार्ने लक्ष्य


९ मंसिर २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘पच्चीस पच्चीस’ले आफ्नो निर्माण यात्रा सुरु गरेको छ । सामाजिक विषयवस्तुलाई हास्यरसमा प्रस्तुत गर्ने तयारीमा रहेको फिल्मको बुधबार काठमाडौंमा शुभ मुहूर्त गर्दै छायांकन थालिएको हो ।

कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरी शुभ मुहूर्त गरिएको थियो । शुभ मुहूर्तसँगै छायांकन सुरु गरेको निर्माण टिमले ४० दिनभित्र फिल्मको छायांकन सक्ने लक्ष्य राखेको छ ।

निर्देशक सुब्रत आचार्यका अनुसार फिल्मलाई निर्धारित समयमै पूरा गर्ने योजना छ । सामाजिक विषयवस्तु र हास्यलाई जोडेर तयार पारिने फिल्ममा अबिषेक खड्का, खुशी कार्की, अमित सुब्बा, सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ ।

फिल्ममार्फत दार्जिलिङका हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बा नेपाली फिल्ममा अभिनय डेब्यु गर्दैछन् । ‘भक्ते भाइ’का रूपमा परिचित अमितको फिल्मी यात्रा कस्तो रहनेछ भन्ने चासो पनि यस फिल्मसँग जोडिएको छ ।

सुब्रत आचार्यको यो तेस्रो निर्देशकीय फिल्म हो । यसअघि उनले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका थिए । फिल्मको कथा सुब्रत आचार्य र जयाको रहेको छ भने पटकथा सुशील देवकोटाले लेखेका छन् । छायांकन निर्देशन हरि हुमागाईंले सम्हाल्नेछन् ।

निर्माता कर्ण कार्कीका लागि ‘पच्चीस पच्चीस’ दोस्रो निर्माण हो । उनले यसअघि ‘होस्टल ३’ निर्माण गरेका थिए । फिल्मका कार्यकारी निर्माता दीपेन्द्र गौतम तथा सह-निर्माता धिरेन्द्र लाल कर्ण र मणिराज खड्का रहेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८३, बुधबार  २ : ३१ बजे

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्न

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ

‘पच्चीस पच्चीस’को छायांकन सुरु, ४० दिनमा फिल्म तयार पार्ने लक्ष्य

काठमाडौं– नेपाली फिल्म ‘पच्चीस पच्चीस’ले आफ्नो निर्माण यात्रा सुरु गरेको

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौँ- काठमाडौँको चाबहिल क्षेत्रबाट प्रहरीले लागूऔषध ट्रामाडोलका एक हजार पाँच ट्याबलेटसहित

एनएमबि बैंकलाई ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई प्रतिष्ठित अवार्ड प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित ‘भिजा लिडरसिप कन्क्लेभ’ मा दुई

दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा आर्मीको विजयी सुरुवात, लुम्बिनी ३–० ले पराजित

कर्णाली- दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी