अनलाईन मार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ « Khabarhub

अनलाईन मार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ


११ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिकाकी कमला मिश्र रहेकी छन् । ३४ वर्षीय मिश्रलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले विभिन्न व्यक्तिबाट तीन लाख ३० हजार ठगेको उजुरी प्रहरीमा परेको छ ।

विदेशी नागरिकको नाममा फेसबुक आइडी बनाएर उनले जन्मदिनमा आईफोन, घडी उपहार पठाएको छु भन्दै ठगी गरेको प्रहरीले बताएको छ।

कुरियरमार्फत सामान पठाएको बहाना बनाएर मिश्रले एयरपोर्टमा सामान आइपुगेको भन्दै ‘कस्टम चार्ज’ र ‘डेलिभरी चार्ज’ मागेर ठगी गर्ने गरेकी थिइन् ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ८ : २८ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ