कपालमा चाया पर्नै नदिन के गर्ने ? | Khabarhub Khabarhub

कपालमा चाया पर्नै नदिन के गर्ने ?

चाया पर्ने समस्या र यसको उपचार


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

जाडो वा गर्मी मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। तर जाडो महिनामा चाया धेरै पर्ने अनुभव अधिकांशको छ। जाडो मौसममा कपालमा चाया पर्ने समस्याले धेरैलाई सताइरहेको हुन्छ। चिसोका कारण धेरै समय कपाल छोप्ने वा चिसोबाट बच्न धेरै समयसम्म टोपी लगाउने गर्नाले जाडोमा धेरै चाया पर्नसक्छ। चाया प्रायः टाउकोको छालामा देखिने वाक्क, दिक्क लाग्दो र सजिलै छुटकारा नपाइने चर्म रोग हो। चाया महिलाभन्दा पुरुषलाई बढी हुने गर्छ। चाया पर्नुको खास कारणबारे अझै यकिन भने हुन सकेको छैन। तर, चाया हटाउन मान्छेले अनेक उपाय लगाउँछन्। जसले जे सल्लाह दियो त्यही मानेर थरिथरिका स्याम्पु र घरेलु उपचार गरिरहेकै हुन्छन्। यसै विषयमा जोडिएर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. शम्भु जोशीसँग गरिएको कुराकानीको सम्पादित अंश :

कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा पनि चाया पर्छ। चिसो मौसम, लामो समयदेखिको तनाव, थकान र चिन्ताले पनि चाया पर्ने हुन्छ।

चिसो बढेसँगै कपालमा चाया पर्ने समस्यालाई कसरी बुझ्ने ?
चाया पर्ने समस्यालाई अंग्रेजीमा (सेबोरिक डेरमाटाइटिस) भनिन्छ। चाया बच्चादेखि बुढो हुँदासम्म र जाडो गर्मी दुवै मौसममा हुनेगर्छ। यो विशेष गरेर युवामा, वृद्धामा र जन्मने बित्तिकैका साना बच्चामा हुन्छ। टाउकोको छाला मर्ने र नयाँ पैदा हुनेक्रम निरन्तर चलिरहन्छ। यसरी टाउकोमा छाला मर्ने र नयाँ पैदा हुनेक्रम चलिरहँदा टाउकोमा सेता, मसिना, फुस्रा दाग र धुलो देखिन थाल्छन्। यसैलाई हामी चाया भन्छौँ। कपालमा आउने चायाले छालाको माथिल्लो तह विस्तारै उक्किँदै जाने हुन्छ। यो फंगस इन्फेक्सन भयो भने ढुसी आउने पनि हुन्छ।

कपालमा आउने चायाले छालाको माथिल्लो तह विस्तारै उक्किँदै जाने हुन्छ। यो फंगस इन्फेक्सन भयो भने ढुसी आउने पनि हुन्छ।

चाया पर्ने कारण के हो ?
चाया पर्नुको कारण कपालको सफाइमा ध्यान नदिनु हो। चाया एउटा वंशाणुगत कारणले हुन्छ। त्यसैले जेनेटिक गुण अनुसार कसैमा धेरै हुन्छ। कसैमा कम हुन्छ। कपालमा तेल धेरै हुँदा पनि चाया पर्छ। फंगसको कारण, हर्मोनमा हुने परिवर्तन, वंशाणुगत कारण, लामो समयसम्म ननुहाउनुले पनि चायापर्छ। यस्तै घाममा धेरै बस्दा, टाउकोमा धेरै पसिना आउने भएमा, टाउकोलाई गुम्स्याएर राख्दा, चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काइँयो प्रयोग गर्दा पनि चाया पर्छ। अरूले प्रयोग गरेको टावेल प्रयोग गर्दा पनि चाया पर्छ। कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा पनि चाया पर्छ। चिसो मौसम, लामो समयदेखिको तनाव, थकान र चिन्ताले पनि चाया पर्ने हुन्छ।

नुहाउँदा नियमित रूपमा एउटै स्याम्पुको प्रयोग गर्नुपर्छ। चाया देखिहाले एन्टी डेन्ट्रफ लेखेको स्याम्पुको प्रयोग गर्नुपर्छ। चाया परेको व्यक्तिले प्रयोग गर्ने काइँयो, तौलिया, हेलमेट अरूले प्रयोग गर्नु हुँदैन।

चाया पर्दा के गर्ने ?
नुहाउँदा नियमित रूपमा एउटै स्याम्पुको प्रयोग गर्नुपर्छ। चाया देखिहाले एन्टी डेन्ट्रफ लेखेको स्याम्पुको प्रयोग गर्नुपर्छ। चाया परेको व्यक्तिले प्रयोग गर्ने काइँयो, तौलिया, हेलमेट अरूले प्रयोग गर्नु हुँदैन। यो सबै सामान सबै जनाले प्रयोग गरेमा चाया एकबाट अर्कोमा सर्दै जान्छ। जैतनको तेल, नरिवलको तेल, तोरीको तेल कपालमा लगाउनुपर्छ। कपालमा नियमित रूपले नवरिलको शुद्ध तेल लगाउँदा पनि चाया हट्छ। चायाबाट छुटकार पाउन हप्तामा एक पटक तेल लगाएर कपालको मालिस गर्दा अत्यधिक लाभ मिल्नुका साथै चाया पर्ने समस्या कम हुँदै जान्छ।

कस्तो अवस्थामा अस्पतालमा जाने ?
धेरै चाया परेर बढी चिलाउने हुन्छ। टाउकोमा केही भागको छाला खुइलिन थाल्छ। चायाका कारण टाउकोमा विस्तारै घाउ बन्ने समस्या हुन्छ। कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ। यसरी जाँच गराउँदा त्यसको अवस्था, गहिरो प्रभाव तथा कुन किसिमको उपचार गर्ने भनेर सहज हुन्छ।

टाउकोमा चाया पर्न नदिन टाउकोको नियमित सरसफाइ गर्ने, सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउँछ। पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ।

चाया पर्नै नदिन के गर्ने ?
टाउकोमा चाया पर्न नदिन टाउकोको नियमित सरसफाइ गर्ने, सन्तुलित भोजन र फलफूलको सेवनले पनि टाउकोमा चाया पर्नबाट जोगाउँछ। पर्याप्त पौष्टिक तथा भिटामिनयुक्त खाना खाने गरेमा समेत चायाको समस्या घटेर जान्छ। नियमित रूपमा कपाल नुहाउने, जेल वा हेयर क्रिमको सट्टा राम्रो तेलको प्रयोग गरे चायाको समस्या हट्नेछ। हेलमेट समय सयमा धोइराख्ने गर्दा धेरै फाइदा हुन्छ। कपडा धुँदा पनि आफ्नो सिरानीको खोल, टोपी छुट्टै राखेर सफा गर्नु निकै राम्रो हुन्छ। धेरै नै चाया आयो भने विशेषज्ञको सुझाव अनुसार औषधि अनिवार्य रूपमा लिनुपर्छ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ७ : ०५ बजे

भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र सञ्चालन

भरतपुर– चितवनको भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ

सन्दीपको मुद्दामा अघि बढ्यो बहस, अपरान्हसम्म आउन सक्छ फैसला

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन– भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक-गोन्द्राङ् छ लेन सडकखण्ड

जसपा दल विभाजनसम्बन्धी रिट न्यायाधीश शर्माको इजलासमा

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी

नेविसंघको प्रश्न : केपी बा च्या खानु’भो ? रवि दाइ खोइ जीबी राई ? (तस्बिरहरू)

काठमाडौं- सहकारी ठगी प्रकरण र झापाको गिरीबन्धु टि-स्टेटमा भएको भनिएको