केपी ओली कप टी–२० : सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित | Khabarhub Khabarhub

केपी ओली कप टी–२० : सुदूरपश्चिमसँग नेपाल पुलिस पराजित


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


966
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केपी ओली कप टी– २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले जित निकालेको छ । आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जित निकालेको हो ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिसले दिएको १ सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले १८ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी, नरेन साउदले ३९, कप्तान राजु रिजालले १९ तथा नारायण जोशीले  १७ रनको योगदान दिए ।

पुलिसका राशिद खानले तीन तथा सुनिल धमला र सागर ढकालले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो ।

पुलिसका कुशल भुर्तेलले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, सुनिल धमलाले ४२ तथा अर्जुन साउदले २० रन जोडे ।

सुदूरपश्चिमका विकाश आग्रीले दुई तथा भोजराज भट्ट र बसन्त खत्रीले एक–एक विकेट लिए ।

आजको नतिजासँगै समूह सीबाट  नेटरन रेटका आधारमा मधेशले  सेमिफाइनलको यात्रा तय गरेको छ भने नेपाल पुलिस क्लब  र सुदूरपश्चिम प्रदेश प्रतियोगिता होडबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  १ : २८ बजे

बंगलादेशमाथि प्रतिबन्ध लगाउन अमेरिकी सांसदको माग

काठमाडौं– अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभका सदस्य श्री थानेदारले

अन्नपूर्णमा अहिले सम्मकै बढी पर्यटक, दुई लाख ४४ हजार बढी विदेशीले गरे भ्रमण

गण्डकी– पदयात्राका लागि विश्व प्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४

संवैधानिक निकायमा ५२ जनाको नियुक्तीविरुद्ध मुद्दाको पेसी संवैधानिक इजलासमा

काठमाडौं– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा अध्यादेश मार्फत

प्रतितोला एक हजार चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको

मनाइयो राष्ट्रिय टोपी दिवस (तस्बिरहरू)

काठमाडौं– ‘सबै पहिरनलाई सम्मान स् नेपाली टोपी नेपाली पहिचान’ भन्ने