रुसी राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शनमा उत्रिएका हजार बढी पक्राउ « Khabarhub

रुसी राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शनमा उत्रिएका हजार बढी पक्राउ


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध प्रदर्शन गर्ने १ हजारभन्दा धेरै पक्राउ परेका छन् ।

राजधानी मस्कोमा राजनीतिक सुधारको माग गर्दै प्रदर्शन गर्ने १ हजार ७४ जनालाई पक्राउ गरिएको हो । आगामी सेप्टेम्बर ८ मा हुन लागेको स्थानीय निर्वाचनमा भाग लिन विपक्षीलाई बन्देज गरिएपछि उक्त प्रदर्शनको आयोजना गरिएको हो ।

प्रदर्शनमा सहभागी ३५ सय भन्दा धेरै प्रदर्शनकारीले राष्ट्रपति पुटिनविरुद्ध नाराबाजी गरेका थिए । रुसका विपक्षी नेता अलेक्सेई नभल्नीको आह्वानमा प्रदर्शनको आयोजना गरिएको थियो । स्थानीय प्रशासनले भने प्रदर्शनलाई सुरक्षा चुनौति भन्दै व्यापक प्रहरी परिचालन गरेको थियो ।

प्रहरीको कारवाहीका क्रममा दुई जना गम्भीर घाइते समेत भएका थिए । हाल जेलमा रहेको विपक्षी नेता नभल्नीलाई प्रदर्शनको आह्वान गरेको आरोपमा थप ३० दिन जेलको म्याद बढाइएको छ ।

पछिल्लो समय पुटिन विरुद्ध आयोजना हुने प्रदर्शनमा युवापुस्ताको बाक्लो सहभागिता रहने गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ५ : २६ बजे

आज प्रणय दिवस, प्रेम साटासाट गरेर मनाइँदै

काठमाडौं– आज विश्वभर प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ मनाइँदैछ ।

भारतको कोइलाखानीमा ज्यान गुमाएकाका परिवारलाई आर्थिक सहयोग

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भारतको मेघालयस्थित कोइलाखानीमा भएको विष्फोटमा

रङ्गशाला बनेसँगै भोजपुरमा खेल ततिविधि बढ्यो

भोजपुर– रङ्गशाला निर्माणसँगै भोजपुरमा खेल गतिविधि बढेको छ । खेलकुद

नगरपालिकाको अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक मौरीपालन