सीसीटीभी प्रकरणसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश « Khabarhub

सीसीटीभी प्रकरणसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतले अर्थमन्त्रालयको सीसीटीभी प्रकरणसम्बन्धी रिट निवेदन दर्ता नगर्ने सर्वोच्च अदालत प्रशासनको आदेश बदर गरेको छ ।

न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको इजलासले रिट निवेदन दरपीठ हुने सर्वोच्च प्रशासनको आदेश बदर गरेको हो ।

यो आदेशसँगै गतवर्ष बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भएको विवादमाथि न्यायिक छानबिन हुनुपर्ने माग अदालत प्रवेश गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा हुँदा बजेट तयारीको अन्तिम दिन २०७९ जेठ १४ गते अवकाशप्राप्त नासु रघुनाथ घिमिरे अर्थमन्त्रालयमा प्रवेश गरेका थिए । मन्त्रालयमा प्रवेश गरी बजेटमा करको दर हेरफेर गरेको आरोपपछि संसदीय छानविन समिति समेत बनेको थियो ।

सो समयमा अर्थ मन्त्रालयले आफूसँग १४ गते रातिको सीसीटीभी फुटेज नभएको भन्दै विवरण दिन अस्वीकार गरेको थियो । त्यतिबेला नै अधिवक्ता जयप्रसाद पौडेलले घटनामा संलग्नमाथि छानबिन गर्नुपर्ने र त्यसका लागि न्यायिक जाँचबुझ आयोग गठन हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।

त्यतिबेला सर्वोच्च अदालतले प्रशासनले संसदीय छानबिन समिति क्रियाशिल भएको बेलामा त्यसको अधिकारमा हस्तक्षेप हुनेगरी न्यायालय प्रवेश गर्नु उचित नहुने भन्दै निवेदन दरपीठ गरेको थियो ।

तर, विशेष छानविन समितिले बजेटको दर हेरफेर गरेको पुष्टि नभएको भन्दै अनुसन्धान टुंग्याएको थियो ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ६ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै