सुदूरपश्चिमबाट एमालेको सङ्कल्प यात्रा सुरु हुँदै : भीम रावललाई छैन खबर « Khabarhub

सुदूरपश्चिमबाट एमालेको सङ्कल्प यात्रा सुरु हुँदै : भीम रावललाई छैन खबर


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भोलि अर्थात मंसिर १४ बाट पुस २ गतेसम्म नेकपा एमालेले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित सङ्कल्प यात्रा  गर्दैछ ।

सुदूरपश्चिमको बैतडी झुलाघाटबाट एमालेको यात्रा सुरु हुन लागेको छ । तर, सोही क्षेत्रका एमालेका विद्रोही नेता भीम रावललाई भने यसबारे कुनै जानकारी छैन ।

हुन त उनले २०७९ आम निर्वाचन र २०८० को उपनिर्वाचनमा पनि आफ्नै पार्टी एमालेलाई सहयोग गरेनन् । अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकल बर्चस्व चलाएको भनेर एमालेमा विद्रोह गरेका रावल तटस्थ बसेका थिए । यसले गर्दा सुदूरपश्चिममा एमालेले राम्रो स्थान बनाउन सकेन ।

एमालेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित सङ्कल्प यात्रामा तपाईँको सहभागिता रहन्छ कि रहँदैन ? भन्ने खबरहबको प्रश्नमा रावल भन्छन्, ‘मैले सञ्चारमाध्यबाट मात्र सुनेको हुँ, मलाई संस्थागत र संगठनात्मक रुपमा कुनै जानकारी छैन ।’

यो यात्रालाई कसरी हेर्नु भएको छ भन्ने प्रश्नमा उनले भने, ‘म परिणाममा विश्वास गर्ने मान्छे परेँ । पुष्पलाल मध्यपहाडी यात्रामा कयौँ पुल र सडकहरु बिग्रेका छन् । यसलाई उहाँहरुले कसरी हेर्नुहुन्छ, हेरौँला ।’

यसअघि रावलसँग सम्बन्ध सुधार गर्न एमालेले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा  वार्ता टोली नै गठन गरेको थियो । उक्त टोलीमा लेखराज भट्ट र कर्ण थापा सदस्य थिए । पछि अध्यक्ष ओलीले रावलसँग भेट गरेका थिए ।

त्यसपछि सम्बन्ध सुधार भएको संकेत देखिएको थियो । तर,  रावललाई नै खबर नगरेको भनेपछि अझै ओली र रावलबीच सम्बन्ध सुधार नभएको बुझिएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : ०२ बजे

गर्मी बढेसँगै सर्पदंशका घटना बढे, औषधि आपूर्ति थालियो

जनकपुरधाम– गर्मीसँगै मधेस प्रदेशमा सर्पदंशका घटना बढ्न थालेपछि सर्पदंशविरुद्धको औषधि

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा