भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा भोलिबाट जवाफी बहस हुने « Khabarhub

भुटानी शरणार्थी प्रकरण : उच्च अदालतमा भोलिबाट जवाफी बहस हुने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइमा आज सरकारी वकिलले बहस गरेका छन् ।

उच्च अदालत पाटनमा गतहप्तादेखि सुरु भएको सुनुवाइमा आज तीनजना सरकारी वकिलको बहस सकेर हेर्दाहेर्दैमा राखिएको हो ।
भोलि सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीहरुका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन नेपाल सरकारका मन्त्री र उच्च सरकारी कर्मचारीसमेत संलग्न भएको भन्दै मुद्दा चलेपछि गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुईजनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

थुनामा परेका बालकृष्ण खाँण, टोपबहादुर रायमाझीसहितका व्यक्तिले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ७ : १३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै