विपिनका बाआमा भन्छन् : समाचार हेर्दै रात बित्छ « Khabarhub

विपिनका बाआमा भन्छन् : समाचार हेर्दै रात बित्छ


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ ।

हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन् । आज गृहजिल्ला आइपुग्नुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरेका छन्। “कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु”, आमा पद्माले भनिन्, “समाचार हेर्दै दिन बित्छ ।”

विपिन गत असोज २० गतेदेखि सम्पर्कविहीन छन् । उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो ।

नेपाल सरकारले विपिनको रिहाइका लागि विभिन्न माध्यमबाट कूटनीतिक प्रयास गरिरहेको बताएको छ । विपिनका बुवा महानन्दले सरकारी प्रयास सशक्त नभएको गुनासो गरेका छन् । उनले भने, “सरकारले जोडतोडले पहल गरिदिएको भए मेरो छोरा पनि हिजोअस्ति नै छुट्थ्यो कि जस्तो लाग्छ ।”

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ९ : ३६ बजे

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका