अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन « Khabarhub

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । बुधबार १०० वर्षको उमेरमा कनेक्टिकटमा किसिन्जरको निधन भएको हो ।

सन् १९२३ मा जर्मनीमा जन्मेका किसिन्जरले सन् १९६९ देखि १९७५ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सन् १९७३ देखि १९७७ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

शीतयुद्धका बेला अमेरिकी विदेश नीति र कूटनीतिक क्षेत्रमा उनको भूमिका निकै महत्वपूर्ण मानिन्छ । साम्यवादी चीनसँग अमेरिकाको सम्बन्ध स्थापना गर्न पनि किसिन्जरको भूमिका महत्त्वपूर्ण मानिन्छ । भियतनाम युद्व अन्त्य गर्न पेरिस शान्ति सम्झौतामा हस्ताक्षर गरेबापत उनले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए ।

जर्मनीको यहूदी परिवारमा जन्मेका किसिन्जर हिटलरले यहूदी विरोधी दमन सुरु गरेपछि सन् १९३८ मा शरणार्थीका रूपमा अमेरिका पुगेका थिए ।

रिचर्ड निक्सन राष्ट्रपति हुँदा विदेशमन्त्री रहेका उनले वाटरगेट काण्डमा निक्सनले राजीनमा दिएपछि जेराल्ड फोर्डको कार्यकालमा पनि विदेशमन्त्रीकै जिम्मेवारी सम्हालेका थिए । उनले केही समयअघि मात्रै चीनको भ्रमण गरी उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

आफ्नै घरमा निधन भएको जनाइए पनि कस्तो अवस्थामा उनको निधन भएको हो, अझै स्पष्ट नभएको रोयटर्सले जनाएको छ । पारिवारिक समारोहमा उनको अन्त्येष्टि गरिने र पछि न्यूयोर्कमा सार्वजनिक स्मृतिसभा आयोजना गरिने रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ९ : ५१ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ