अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन « Khabarhub

अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जरको निधन भएको छ । बुधबार १०० वर्षको उमेरमा कनेक्टिकटमा किसिन्जरको निधन भएको हो ।

सन् १९२३ मा जर्मनीमा जन्मेका किसिन्जरले सन् १९६९ देखि १९७५ सम्म अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार र सन् १९७३ देखि १९७७ सम्म विदेशमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

शीतयुद्धका बेला अमेरिकी विदेश नीति र कूटनीतिक क्षेत्रमा उनको भूमिका निकै महत्वपूर्ण मानिन्छ । साम्यवादी चीनसँग अमेरिकाको सम्बन्ध स्थापना गर्न पनि किसिन्जरको भूमिका महत्त्वपूर्ण मानिन्छ । भियतनाम युद्व अन्त्य गर्न पेरिस शान्ति सम्झौतामा हस्ताक्षर गरेबापत उनले सन् १९७३ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए ।

जर्मनीको यहूदी परिवारमा जन्मेका किसिन्जर हिटलरले यहूदी विरोधी दमन सुरु गरेपछि सन् १९३८ मा शरणार्थीका रूपमा अमेरिका पुगेका थिए ।

रिचर्ड निक्सन राष्ट्रपति हुँदा विदेशमन्त्री रहेका उनले वाटरगेट काण्डमा निक्सनले राजीनमा दिएपछि जेराल्ड फोर्डको कार्यकालमा पनि विदेशमन्त्रीकै जिम्मेवारी सम्हालेका थिए । उनले केही समयअघि मात्रै चीनको भ्रमण गरी उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

आफ्नै घरमा निधन भएको जनाइए पनि कस्तो अवस्थामा उनको निधन भएको हो, अझै स्पष्ट नभएको रोयटर्सले जनाएको छ । पारिवारिक समारोहमा उनको अन्त्येष्टि गरिने र पछि न्यूयोर्कमा सार्वजनिक स्मृतिसभा आयोजना गरिने रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ९ : ५१ बजे

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा

हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने

बागमती– हेटौँडा उपमहानगरपालिकाले नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याउने भएको छ

विश्वकप विजेता स्पेन स्वदेश फर्कियो, म्याड्रिडमा भव्य स्वागत

म्याड्रिड – विश्वकप फुटबलको उपाधि जितेर स्वदेश फर्किएको स्पेनिस राष्ट्रिय