इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु « Khabarhub

इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बग्दाद– इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ । इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको हो ।

रोयटर्सका अनुसार गाडी र उद्धार टोलीमाथी सडक किनारमा राखिएको बम र गोलीले आक्रमण गरी कम्तीमा १० जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

सुरक्षा बलसँग सम्बन्धित स्रोतहरूले इराकको अमरनिया सहर नजिकै स्थानीय सांसदका आफन्तहरूलाई निशाना बनाएको जानकारी दिएका छन । 

सो क्रममा उनीहरूमाथि अज्ञात आक्रमणकारीले बम प्रहार गर्नुका साथै स्नाइपर फायरिङ समेत गरेको थियो । उनले आक्रमणको सम्भावित कारणबारे खुलाएनन्। आक्रमणपछि सुरक्षा बलले उक्त क्षेत्रमा कर्फ्यु लगाएको छ ।

अक्टोबर २०२३ को अन्तिम दिनमा इराकको राजधानी बगदादमा पनि यस्तै आक्रमण भएको थियो । यो हमला अक्टोबर २७ मा रेडक्रसको मुख्यालय र प्रहरी चौकी नजिक भएको थियो, जसमा ३३ जनाको मृत्यु भएको थियो। अघिल्लो राति छुट्टाछुट्टै आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि यो हमला गरिएको हो।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ८ : ०२ बजे

प्रतिनिधिसभामा डेमोक्रेटको जित स्वीकार्न ट्रम्प तयार

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा

अमेरिकी कङ्ग्रेसमा डेमोक्रेटको अग्रता, दुवै सदनमा बहुमतको सम्भावना

वासिङ्टन – अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण सिट खोस्दै

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री गरिँदै

काठमाडौँ– नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता, ट्रम्पमाथि दबाब बढ्ने संकेत

एजेन्सी- अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रारम्भिक अग्रता हासिल गरेको

बाजुरामा सिँचाइ सुविधा विस्तार, २३ प्रतिशत जमिन सिञ्चित

बाजुरा– जिल्लामा पछिल्लो समय सिँचाइ सुविधा विस्तार हुँदै गएको छ