राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री गरिँदै « Khabarhub

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका सिक्का बिक्री गरिँदै


१८ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने भएको छ । 

राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर यही बिहीबार र शुक्रबार बैंकको टक्सार महाशाखा बबरमहलबाट सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री वितरण गर्न लागेको जनाएको हो । 

राष्ट्र बैंकले प्रतिव्यक्ति २.५ ग्रामको सुनको असर्फीे एक थान तथा १० ग्रामको चाँदीका मेडालियन (लक्ष्मी र गणेश अङ्कित) एक÷एक थानका दरले बढीमा दुई थान प्राप्त गर्न सकिने जनाएको छ । सेवाग्रहीले राष्ट्र बैंकको टक्सार शाखाबाट बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म असर्फी र मेडालियन लिन सक्नेछन् ।

राष्ट्र बैंकले असर्फी तथा मेडालियन खरिदका लागि नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र वा उक्त कागजातको नम्बर उल्लेख भएको अन्य कुनै प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्ने जनाएको छ ।

असर्फी तथा मेडालियन खरिदको लागि नगद वा क्यूआरमार्फत भुक्तानी गर्न सकिने सूचनामा उल्लेख गरिएको छ । राष्ट्र बैंकले असर्फी तथा मेडालियनको मूल्य दैनिक रूपमा बिहानको करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारणपश्चात् मात्र बिक्री हुने सूचनामार्फत जनाएको छ ।
 

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  १२ : ३९ बजे

सुनकोसी–मरिण ठेक्का रद्द प्रकरण : छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनकोसी–मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको

मेडिकल काउन्सिलका प्रमाणपत्रमा प्यान अनिवार्य

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलबाट दर्ता, भेरिफिकेसन तथा गुड स्ट्यान्डिङ प्रमाणपत्र लिन

म्याग्दीमा हावाहुरीले सुन्तला झार्दा किसानलाई लाखौँको क्षति

म्याग्दी- टिप्ने बेला भएको सुन्तला हावाहुरीले झारेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसान

टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले टेकुको फोहोरबाट ऊर्जा उत्पादन परियोजनाको परीक्षण सुरु

इन्डोनेसियाको सुन खानीमा बाढी : १३ जनाको मृत्यु, १३ बेपत्ता

जकार्ता- इन्डोनेसियाको जाभा टापुमा भारी वर्षापछि आएको बाढीले सुन खानी डुबाउँदा