मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी  « Khabarhub

मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी 


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले मंसिर महिना चलिरहेको छ । मंसिर महिनालाई धेरै विवाह हुने महिनाका रुपमा लिइन्छ । अविवाहितहरूलाई बढी जिस्काइने समय पनि यही नै हो ।

‘यसपालाको मङ्सिरमा त बाजा घन्काउने होला नि ? यसपालिको मङ्सिरमा त बिहेभोज खान पाइएला नि ? मंसिरमा त जन्ती लाने होला नि ? मंसिरमा त घुम्टो ओढ्ने होला नि ? ल है, मंसिर कट्न लाग्यो, यसपालि त झ्याइँ पार्नुपर्छ ! यस्ता अनेकन् प्रश्न तेस्र्याएर साथीभाइ, आफन्तले अविवाहित युवायुवतीलाई जिस्काउने गर्छन् ।  

बुधबार काठमाडौं लगायत देशका विभिन्न जिल्लामा बिहे गर्नेहरूको भिडभाड थियो । पार्टी प्यालेस खचाखच थिए । बाटामा जतासुकै जन्तीको लर्को र बाजागाजा देख्न-सुन्न पाइन्थ्यो । काठमाडौं उपत्यकाका कतिपय क्षेत्रमा त जाम समेत भएको थियो ।

मंसिरमा बिहेको लगन सकिएकाले १३ गते त्यस्तो भिडभाड देखिएको भने होइन । यो महिनामा अझै ६ वटा बिहेका लगन बाँकी नै छन् । बरु अहिलेसम्म दुईवटा मात्रै लगन जुरेकाले मंसिर १२ र १३ गते विवाह गर्नेहरूको भीडभाड बढेको हो । यसपालिको मंसिरमा बिहेका ८ वटा लगन रहेकोमा अब मंसिर महिनामै बिहे गर्नेहरुका लागि १८, २१, २३, २८, २९ र ३० गते लगन जुर्ने पञ्चाङ्ग पात्रोमा उल्लेख छ ।

हिन्दु परम्परा अनुसार लगन हेर्नेहरुले पुसमा बिहे गर्ने कुरै भएन । माघमा विवाह गर्न चाहनेहरूका लागि ६ दिन लगन जुर्छ । माघ २, १६, १७, २१, २३ र २९ गते बिहेको लगन रहेका छन् । त्यसैगरी फागुन १९, २१, २२, २३ र २४ गते पाँच बिहेको लगन जुर्ने पात्रोमा उल्लेख छ । 

मंसिर नै रोज्नुको कारण 
नेपाली पात्रो अनुसार मंसिर महिना वर्षको मध्य समयमा पर्छ । परम्परागत हिन्दु ज्योतिषमा सामान्यतः मंसिर अगाडिका चार महिना साउन, भदौ, असोज र कात्तिकमा विवाह गरिँदैन । पछाडिको एक महिना पुसलाई पनि नेपाली समाजमा रित्तो महिना मानिन्छ ।

माघ र फागुनमा पनि बिहे गर्ने चलन छ । तर, चैतमा भने प्रायः बिहे गरिँदैन । नेपाली समाजमा आहानै छ– अरु बेला अन्त, चैतमा जन्त !

वर्षायाममा किसानहरुले नयाँ बाली भित्र्याएर सक्ने र मौसमका हिसाबले पनि धेरै जाडो वा गर्मी नहुने हुँदा मंसिरमा विवाहको महत्व बढी भएको हुन सक्छ ।

मंसिरमा अझै ६ वटा लगन बाँकी नै छन् । यदि तपाई पनि अविवाहित हुनुहुन्छ र जीवनसाथी खोजिसक्नुभएको छ भने मंसिरमै लगनगाँठो कसिहाल्ने कि ? मंसिरमा नभए पनि चिन्ता नगर्नोस्, माघ र फागुन छँदैछ !

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ९ : ०० बजे

दूरसञ्चार सेवाको गुणस्तरबारे प्राधिकरणसँग जानकारी माग

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार सेवाको गुणस्तरको अवस्थाबारे

गणेश पराजुलीको दाबी- सरकार गठन भएपछि सुशासन र सेवा प्रवाहमा सुधार देखिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले वर्तमान

दूध ट्याङ्कर दुर्घटनामा सहचालकको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा दूध बोकेको ट्याङ्कर दुर्घटना हुँदा सहचालक

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं– एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य

सङ्क्रमणकालीन न्याय र जेन-जीका फाइल खोल्न सरकारलाई बाँस्कोटाको आग्रह

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्कोटाले लामो