उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ « Khabarhub

उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ऋषिकेश– अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ऋषिकेशमा गरिएको स्वास्थ्य परीक्षणमा उत्तरकाशी जिल्लाको सिल्कियारा सुरुङबाट निकालिएका ४१ जना कामदार स्वस्थ भेटिएका छन्। 

एम्स प्रशासनले भारतीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार स्वास्थ्य परीक्षणमा सबै कामदारहरू स्वस्थ पाइएका छन् र उनीहरुलाई घर जान अनुमति दिइएको छ । त्यसपछि धेरै मजदुरहरु घरतर्फ लागेका छन् ।

एम्सका जनरल मेडिसिन विभागका अध्यक्ष डा. रविकान्तले कामदारको राम्रोसँग परीक्षण गरिएको र उनीहरुको रगत परीक्षण, ईसीजीएक्स–रेको रिपोर्ट सामान्य रहेको बताए । उनले भने, ‘उनीहरु शारीरिक रूपमा स्वस्थ र चिकित्सकीय रूपमा स्थिर छन्, त्यसैले  उनीहरूलाई घर जान अनुमति दिएका छौं।’

डा रविकान्तले उत्तराखण्डका एक मजदुरलाई भने मुटुसम्बन्धी रोग लागेको र हाल अस्पतालमा राखिएको बताए । तर, चम्पावत जिल्लाका पुष्करसिंह ऐरीको सुरुङ दुर्घटनासँग कुनै सम्बन्ध नरहेको र जन्मदेखि नै यो रोग रहेको उनले स्पष्ट पारेका छन् ।

कामदारमा एट्रियल सेप्टल डिफेक्ट (एएसडी) समस्या देखिएपछि थप अनुसन्धानका लागि डिजास्टर वार्डबाट मुटुरोग विभागमा सारिएको चिकित्सकले बताएका छन् ।

चारधाम यात्रा मार्गमा निर्माणाधीन साढे चार किलोमिटर लामो उत्तरकाशी सुरुङमार्गको केही भाग गत नोभेम्बर १२ भत्किँदा ४१ जना कामदार १७ दिनसम्म फसेका थिए । केन्द्र र प्रदेश सरकारका निकायले निरन्तर युद्धस्तरमा सञ्चालित उद्धार अभियानको १७ औँ दिन मंगलबार राति उनको सफल उद्धार गरिएको थियो । सुरुङबाट बाहिर निकालेपछि सघन स्वास्थ्य परीक्षणका लागि बुधबार ऋषिकेशको एम्समा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  १० : ३५ बजे

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौं- कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको छ

‘सेलिब्रटीलाई अपराध गर्न छुट हो ?’

काठमाडौं- नाबालिग तथा विभिन्न युवतीसँग अवाञ्छित संवाद गरेको स्क्रिनसट सामाजिक

लोकतन्त्र र वामपन्थी आन्दोलन सिध्याउन भदौ २३ र २४ गते प्रतिगामी षडयन्त्र भयो : ओली

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत