जङ्गली हात्तीले कुल्चँदा सामुदायिक वनका चौकीदारको मृत्यु « Khabarhub

जङ्गली हात्तीले कुल्चँदा सामुदायिक वनका चौकीदारको मृत्यु


१५ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा जङ्गली हात्तीले कुल्चँदा सामुदायिक वनमा कार्यरत चौकीदारको मृत्यु भएको छ । जङ्गली हात्तीले कुल्चँदा झापाको हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत चौकीदार धनबहादुर वनको र मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार सामुदायिक वनको रेखदेखका लागि जङ्गलमा रहेका ४० वर्षीय वनलाई आज बिहान ९ बजेतिर एक्लै भएको अवस्थामा जङ्गली हात्तीले लछारपछार पारी खुट्टाले कुल्चिएको थियो ।

हात्तीको आक्रमणमा परी चौकीदार वनको घटनास्थलमै मृत्यु भएको रिजालले बताए । उनका अनुसार घटनाको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी भद्रपुर र प्रहरी चौकी जलथलको प्रहरी टोली घटनास्थल पुगेको छ ।

घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरिएको छ । एक साताअघि दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा जङ्गली हात्तीले आक्रमण गर्दा ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १५ मंसिर २०८०, शुक्रबार  ३ : ०३ बजे

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको